नगर बजेटमा मग्रातीको असहमती, समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’


मेचीनगरका कार्यपालिका सदस्य टिकाराम मग्राती ।

मेचीनगर । मेचीनगर नगरपालिकाको रोकिएको नगरसभा सञ्चालनका लागि गत बिहिबार बसेको बजेट तर्जुमा समितिको बैठकको निर्णयमा नगर कार्यपालिका सदस्य टिकाराम मगरातीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

नगरसभामा प्रस्तुत हुने निति तथा कार्यक्रम र बजेट बारे निर्णय गर्न बसेको बैठकले गरेको कार्यपालिका सदस्यहरुलाई १५ लाख बराबरको योजना छनौट गर्न दिने निर्णय माथी असहमति जनाउँदै आफुले नोट अफ डिसेन्ट लेखेको मगरातीले वताए।
मगरातीले भने, ‘कार्यपालिका सदस्यहरु लक्षीत बर्गबाट प्रतिनिधित्व भएका छन उनीहरुलाई कम्तिमा २५ लाख बराबरको योजना छनौट गर्ने अधिकार दिंदा लक्षीत बर्गमा प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भनेर माग गरिएकोमा त्यसको सुनुवाई भएन ।’

मेचीनगर नगरपालिकाको कार्यालय झापा

मग्रातीका अनुसार नीति तथा कार्यक्रम तर्जुमा समितिमा नेकपाको तर्फबाट अघि सारिएको बिसयहरु वडाहरुलाई स्रोत, साधन र दक्ष जनशक्तिले युक्त बनाउने, कृषि प्राबिधिक, सब ओभरसियर, पशु प्राविधिक जस्ता जनशक्ति ब्यस्थापन गर्नु पर्ने, योजना अनुगमन, मुल्यांकनको पारदर्शिता हुने ब्यवस्था मिलाउन पर्ने, जनयुद्ध, जनाआन्दोलनका सहिद बेपत्ता परिवरलाइ जीवन निर्वाह आर्थिक सहयोगको ब्यवस्था मिलाउन पर्ने, वडा बजेट १ करोड ५० लाख र कार्यपालिका सदस्यहरुले प्रति कार्यपालिका सदस्य २५ लाख बराबरको योजना छनौट गर्ने ब्यवस्था मिलाउनु पर्ने लगायतका बिषय उठान गरिएको थियो । तर अन्य बिषयमा सहमति भए पनि कार्यपालिका सदस्यले छनौट गर्ने योजनाको लागि १५ लाख मात्र बजेट ब्यवस्थापन हुने भए पछि नोट अप डिसेन्ट लेखेको हो ।

नगरको बजेट यथार्थ नआएको, लक्षित क्षेत्रबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले योजना छनोट गर्दा सामाजिक न्याय सहितको बिकास हुने हुँदा बैठकको निर्णयमा सहमति जनाउन नसकिने जनाउदै नोट अफ डिसेन्ट लेख्न आफु बाध्य भएको मगरातीले बताए।

उपप्रमुखको नेतृत्वमा रहेको बजेट योजना तर्जुमा समितिको बैठकबाट नगरसभा सञ्चालनका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ ।

(Visited 55 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु