ड्रेन बनाउँदाको हिसाब भेला बोलाएर सार्वजनिक


फाइल फोटो

इटाभट्टा । विकास निर्माणका अधिकांश हरहिसाब उपभोक्ता समितिले आन्तरिक रुपमा फरफारक गर्ने परिपाटी छ । तर, मेचीनगर वडा नम्बर ८ को एक बस्तीमा बनेको डे«न निर्माण उपभोक्ता समितिले भने सर्वपक्षीय भेलामार्फत हिसाब फरफारक गरेर सार्वजनिक गरेको छ ।
मेचीनगर वडा नम्बर ८ को चौधरी बस्तीमा निर्माण गरिएको ड्रेन निर्माणको हिसाब आज वडा कार्यालयमा सार्वजनिक गरिएको हो । १७५ मिटरको उक्त डे«नको लागत ८ लाख रुपैयाँ रहेको छ । जसमा मेचीनगर नगरपालिकाको ७ लाख ३ हजार ८१० र लागत सहभागिता ८० हजार रुपैयाँ रहेको थियो । उक्त सम्झौता अनुसार एक महिनाभित्र काम सम्पन्न गरिएको उपभोक्ता निर्माण समितिका अध्यक्ष प्रमानन्द मेचेले बताए ।
बस्तीको पानी निकास गर्न चौधरी बस्तीमा ड्रेन निर्माण गरिएको हो । समितिका सचिव रितुसिंह राजवंशीले डे«न निर्माण सम्पन्न गरेर हिसाब सार्वजनिक गरिएको बताए ।
ड्रेन निर्माणको विषयमा समितिका पदाधिकारीबीच केही विवाद उत्पन्न भए पनि अबका दिन मिलेर जाने सहमति भएको छ । पदाधिकारीबीच बुझाबुझ नहुँदा विवाद उत्पन्न भएको थियो । मेचीनगर वडा नम्बर ८ का नेकपाका अध्यक्ष कुन्दन निरौलाले उपभोक्ता समितिले भेलामार्फत हिसाब सार्वजनिक गरेर राम्रो सन्देश दिएको बताए । उनले सबै उपभोक्ता समितिले यसरी नै हिसाब सार्वजनिक गर्ने परिपाटीको विकास गर्नसके भ्रष्टाचार हुन नपाउने बताए ।
भेलामा वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य विष्णु बराइली, खिला मेचे, राजनीतिक दलका प्रतिनिधि कुन्दन निरौला, लालबहादुर थामी, ओमप्रसाद तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।

(Visited 89 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु