सहकर्मीको स्मृतिमा शुक्रबार मेचीनगरका कर्मचारीले शोक विदा गर्ने


मेचीनगर नगरपालिकाको कार्यालय झापा

मेचीनगर । सहकर्मी कर्मचारीको निधनमा गर्ने भनिएको शोक विदा नगरपालिकाले नदिएपछि मेचीनगर नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् ।
स्व.सन्तोष पराजुलीको १० औं पुण्य तिथिका दिन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, इकाई समिति मेचीनगरले शोक सभासहित कार्यालय विदा गर्ने सूचना जारी गरेको थियो ।


नगर नेतृत्वबाट शोक विदा स्वीकृत नगरिएपनि जारी पूर्व सूचना अनुरुप कर्मचारीहरुले भोलि(शुक्रबार) कार्यालयमा हाँजिरी नगरी विदासहित औपचारिक रुपमा शोक सभा गर्ने इकाई समिति अध्यक्ष रविनसन थापा मगरले बताए ।

स्व.सन्तोष पराजुली

‘हामीले यसबारेमा नगरप्रमुखलाई जानकारीसहित नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सबै वडा कार्यालयलाई बोधार्थ दिएका थियौं’ उनले भने–‘तर, दिउँसो १ बजेपछि मात्र शोक विदा दिने भन्ने सुनेका छौं, एकदिन कार्यालयको कामकाज ठप्पै पार्छौं ।’
मेचीनगर ७ नम्बर वडा कार्यालयमा कार्यरत् कर्मचारी पराजुलीको यही जेठ २१ गतेका दिन निधन भएको थियो ।

(Visited 421 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु