मेची पुलमा नेपालको नयाँ नक्सा राखियो (भिडियो)


नेपालको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वारमा रहेको मेची पुलमा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठनको रूपमा रहेका राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा बिहीबार त्यो ठाउँमा नक्सा राखिएको हो ।

पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होर्डिङ बोर्डमा नयाँ नक्सा प्रदेश नम्बर १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो ।

कार्यक्रममा स्थानिय पार्टीका कार्यकर्ता र नागरिकहरुको समेत उपस्थिति रहेको अनेरास्ववियूका मेचीनगर अध्यक्ष शन्तोष धमलाले बताए ।

(Visited 31 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु