मेचीनगरको क्वारेन्टाइनका बसेका युवा काँकरभिट्टा घुमेर फर्किए


मेचीनगर नगरपालिकाको कार्यालय झापा

मेचीनगर । झापा मेचीनगर–११ को भानु आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेर फेरि सम्पर्कमा आएका छन् ।
काँकरभिट्टा–भारतको मनिपुर रुटमा गाडी चलाउँदै आएका ती युवा पानीट्याङ्कीबाट आई उक्त क्वारेन्टाइनमा बसेका थिए । जेठ २४ गते दिउँसो क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीलाई झुक्याएर उनी भागेको बताइएको छ ।

लेखक : झुलन रेग्मी

क्वारेन्टाइनबाट निस्किएका ती युवा काँकरभिट्टा पुगेका थिए । करिब एक घण्टापछि उनलाई काँकरभिट्टाबाट नियन्त्रणमा लिइएको मेचीनगर वडा नं ११ का वडाध्यक्ष सन्तोष मेचेले जानकारी दिए । वडाध्यक्ष मेचेका अनुसार ती युवालाई नियन्त्रणमा लिएर हाल क्वारेन्टाइनमै राखिएको छ । उनी मेचीनगर निवासी हुन् ।
कोरोना नियन्त्रणका लागि स्थापना गरिएका क्वारेन्टाइनको कमजोर सुरक्षाका कारण ती युवा भाग्न सफल भएका हुन् । मेचीनगर ११ को भानु विद्यालयको क्वारेन्टाइनमा हाल ९ जना छन् । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको वडाध्यक्ष मेचेले बताए । उनका अनुसार ती सबैलाई आज आफन्तको जिम्मा लगाइदैछ ।

मेचीनगरका सबै वडामा क्वारेन्टाइन स्थापना गरिएका छन् । तर, यहाँको कमजोर सुरक्षा व्यवस्थालगायतले कोरोना संक्रमणको खतरा बढेको स्थानीयले बताउँदै आएका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिका आफन्तले भेटघाट गर्ने, खानेकुरा ल्याएर दिने काम भएकाले स्थानीयमा कोरोना सर्ने खतरा रहेको छ ।

(Visited 714 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु