अर्धनग्न शरिरमा कोर्रा हान्दै रुकुम घटनाको बिरोध (भिडियोसहित)


नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको बिरोध जनाएको छ । आज झापाको बिर्तामोडमा संगठनले आयोजना गरेको बिरोध र्‍यालीमा कोर्रा हानेर रुकुम घटनाका दोषीहरुमाथि कारबाहीको माग गरिएको छ ।
बिर्तामोड परिक्रमा गर्दै सहभागीले आफैलाई कोरा हानेका छन् ।

बिर्तामोड परिक्रमा गरेपछि कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष टीका मंग्रातीले दोषीलाई कारबाहीको माग गरेको हुन् । उनले नवराज बिकको न्यायमा कुनै जालसाझी भए ठूलो दुर्घटना हुने चेतावनी दिए ।

उनले नवराजसँगै ज्यान गुमाएका अन्य युवाको न्यायको लागि सांकेतिक विरोध गरेको जानकारी दिए । दलित मुक्तिको लागि अनेकौ आन्दोलन गरेपनि अझै मुक्ति भएको छैन । अब दलित समुदाय कुनै पनि उत्पीडन सहेर बस्ने पक्षमा छैनौं , मंग्रातीले भने ।

झापाका दलित संघ संगठनका नेता कार्यकर्ता र सामाजिक अभियन्ता समेतको सहभागितामा गरिएको आन्दोलनमा बोल्दै मंग्रातीले दलित समुदायले विभेद , शोषण र मृत्यू सहेकोले अमनचयन कायम भएको छ । मृत्यू नसहेको दिनको कल्पना गर्न उनले विभेदकारीलाई चेतावनी दिए ।

हेर्नुहोस् भिडियोमा

(Visited 283 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु