जडीबुटीबाट निमोनिया, दम देखि निसन्तानसम्मलाई निको पार्दै वैद्य तिम्सिना


वैद्य ओमप्रसाद तिम्सिनाले जडीबुटीको समिश्रणबाट तयार गरिएको औषधिबाट बिरामीको उपचार गर्न थालेको वर्षौ बित्यो ।

मेचीनगर–९, खुट्टिडाँगी निवासी ६२ वर्षीय उनी १८ वर्षको उमेरदेखि नै विभिन्न रोगका बिरामीलाई जडीबुटी औषधिबाट उपचार गर्दै आएको बताउँछन् ।

उमेर ३९ हुञ्जेलसम्म भारतको आसाम राज्यका विभिन्न ठाउँका बिरामीको उपचार गरिएको बताउने उनले यो विधिबाट नेपालमा उपचार सुरु गरेको २२ वर्ष भयो ।

उनका अनुसार दम, मुर्छा पर्ने, निमोनिया, टाइफाइड, छोपुवा, रगत बग्ने, ग्याष्ट्रिक, जण्डिस, पिसाब सम्बन्धी रोग, पथरिया, मिर्गाैला, गानो गोलालगायत रोगको उपचार गर्ने गरिएको छ ।

जण्डिस बिग्रेर काठमाडौंको एक अस्पतालमा ६ वर्षसम्म उपचार गराएका एकजना बिरामीलाई किड्नीमा समस्या भएपछि जडीबुटी औषधि खुवाएपछि स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

त्यस्तै, केही महिनाअघि मात्र इलाम निवासी निःसन्तानपनको समस्या भएकी एक महिलालाई जडीबुटी ओखतीबाट निको पारेपछि बच्चा जन्मिएको तिम्सिना बताउँछन् ।

उनका अनुसार २ महिनायता नियमित रुपमा जडीबुटी ओषधि सेवन गर्न थालेका ब्लड क्यान्सर रोगका बिरामी झापा अर्जुनधारा–२, खुदुनाबारीका रुद्र भट्टराईको स्वास्थ्यमा सुधार भइरहेको छ ।

नेपालमा हालसम्म करिब ४ सयजना बिरामीको उपचार गरिएको दाबी गर्ने उनले एक दशकअघि ६ जना बिरामी पूर्णरुपमा निको भएका सम्बन्धित परिवारबाट थाहा भएको बताए ।

‘कतिपय रोगका बिरामी पूर्णरुपमा ठीक हुन कम्तिमा तीन महिना लाग्छ’ वैद्य तिम्सिना भन्छन्–‘मैले दिएको औषधि खाएका धेरैजसो बिरामी २ महिनामै निको भएका पनि सुनेको छु ।’

जडीबुटी औषधि सेवनका लागि नेपालका झापा, मोरङ्ग, सुनसरी, इलाम, पाँचथर, खोटाङ, दोलखालगायत विभिन्न जिल्लाका बिरामीहरु आउने गरेका उनी सुनाउँछन् ।

‘पहिले–पहिले त भारतका विभिन्न जिल्लाबाट पनि बिरामीहरु आउने गर्थे, त्यसमा पनि अधिकाँश बिरामी दार्जिलिङका हुनेगर्थे’ तिम्सिनाले भने–‘ अहिलेसम्म चाहिँ बिरामी र उनीहरुका परिवारबाट गुनासो सुन्नु परेको छैन ।’

विभिन्न पहाडी जिल्ला, ग्रामिण भेग र जंगलबाट संकलन गरिएका प्राकृतिक जडीबुटी औषधिबाट औलो, ब्लड क्यान्सरजस्ता रोग समेत जाती पारिएको उनको भनाई छ ।

‘उपचार खर्चिलो छैन, क्यान्सर, महिनावारी गड्बडीजस्ता रोग ठीक पार्ने औषधि चाहिँ अलिक महँगो पर्छ’ वैद्य तिम्सिनाले थपे–‘झोल, धुलो औषधि, झारफुक, धामी झाँक्री, धनवन्तरीलगायत पद्धतिबाट उपचार गर्दै आएको छु ।’

बन्दाबन्दीकाबेला पनि अस्पतालमा उपचार गराउँदा निको हुननसकेका कतिपय रोगका बिरामीहरु आयुर्वेदिक उपचारको खोजीमा आउने गरेका वैद्य तिम्सिना बताउँछन् ।

(Visited 232 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु