‘मेचीनगरको नेतृत्व संर्कीण र अहंकारी भएका कारण नागरिक जोखिममा’


मेचीनगर । नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले मेचीनगरको नेतृत्वको सोच संर्कीण र अहंकारी भएका कारण नगरमा जोखिम निम्तिएको वताएका छन् । नेतृत्वको सोच संर्कीण र अहंकारी भएका कारण नै आफुले मेचीनगर नगरपालिकामा गठन भएको कोरोना भाइरस संक्रमण नियन्त्रण समितिबाट भर्खरै मात्र राजीनामा दिएको वताए । मेचीनगर नेतृत्वले जनतालाई सरकारको प्रत्याभुत हुने गरि काम गर्न नसकेको उनको भनाई छ ।

यो पनि हेनुहोस्  :

मेचीनगरको कोरोना कार्यदलबाट आचार्य र निरौलाले दिए राजिनामा

मेचीनगरमा २० वटा क्वारेन्टाइन सञ्चालनमा आएको नगर सरकारले सूचना जारी गरेर जनतालाई ढाट्ने काम गरको सचिव आचार्यले वताए । नगरले क्वारेन्टाइन भनि सूचना जारी गरेका कतिपय स्कुलमा अहिले पनि ताला लागेको उनले वताए ।

सन्तोष आचार्य

चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ ‘भिडियो चौतारी’ मा कुराकानी गर्दै उनले मेचीनगर नगरपालिकामा गठन भएको सो समितिलाई चलायमान र गतिशिल बनाउन भरपुर सहयोग गर्ने सोचका साथ पत्रकार महासंघ झापाको प्रतिनिधित्व गर्दे समितिमा गएको भए पनि त्यहाँ बसेर केही गर्न नसकिने बुझेपछि आफुलगायत समितिका सदस्य रहेका अर्का पत्रकार ज्ञानेन्द्र निरौलाले राजिनामा दिएको उनले वताए । प्रस्तुत छ यसै सेरेफेरोमा रहेर आचार्यसँग गरिएको वार्तालाप ।

(Visited 91 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु