‘मेयर साब‘ जनताको जीउज्यान ठुलो की ठेक्कापट्टा ?’


मेचीनगर । नेकपा मेचीनगरका सचिवालय सदस्य अर्जुनकुमार कार्कीले कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा नगर सरकार असफल दावी गरेका छन् । बिहीवार पत्रकार सँग कुराकानी गर्दे उनले नगर सरकारलाई जनताको जीउज्यान भन्दा ठेक्कापट्टा ठुलो लागेको उनले वताए । उनले प्रेस विज्ञप्त जारी गर्दै भनेका छन्–कोरोना उपचार नियन्त्रण राहत आदीको लागि वजेत छैन भन्दै योजना सम्झौता धमाधम हुनुको कारण के ? जनताको जीउज्यान ठुलो की ठेक्कापट्टा ?’ जारी प्रेस विज्ञप्तिमा कार्कीले मेचीनगर ४ को मकै काण्ड, धुलाबारीको जग्गा काण्ड, खोला ठेक्काको काण्ड, वडास्तरमा निर्माण गरिएको क्वारेन्टाईन ब्यवस्थापनका बारेमा नगरबासीलाई सत्य तथ्य सार्वजनिक गर्न नगरप्रमुखलाई चुनौती दिएका छन् ।


उनले भारततर्फबाट आएका नेपालीहरु जेठ ९ गते बाहुनडाँगीको प्रसाद गौंडाबाट प्रवेश गरेको बिषयमा मेचीनगरका नगरप्रमुख बिमल आचार्यले आफुलाई लान्छना र गलत आरोप लगाएको वताए । नगर प्रमुख आचार्यले आफु विरुद्ध सार्वजनिक रुपमा अभिब्यक्ति दिएर आफ्नो मानमर्दन गरेको भन्दै अबिलम्ब माफी माग्नु पर्ने उनको भनाइ छ । उनले भने ‘नगरप्रमुख आफैंले आफ्ना नातेदारलाई बाहुनडाँगीको बाटो हुँदै नेपाल प्रवेश गराउने र फोन गरेर उनीहरुलाई नेपाल आउन दिनु भन्ने अनि त्यसको सहजीकरण गर्दा मलाई नै उदण्ड मच्चायो भनेर मेरो बदनाम गर्ने नगरप्रमुखले माफी माग्नु पर्छ ।’

नेकपा मेचीनगरका सचिवालय सदस्य कार्कीका अनुसार भारतबाट मानिस आएको थाहा पाएर कोरोनाको जोखिम हुन्छ भन्दै स्थानीयले बिरोध गरे पछि नगरप्रमुख आचार्यले कार्कीलाई फोन गरेर ती आफ्नो मान्छे भएकाले फ्रेस रहेको र उनीहरुलाई नेपाल प्रवेश गराउन सहजीकरण गरिदिनु भनेको र स्थानीयहरुको कुरालाई समेत ध्यान दिएर ति मानिसलाई नेपालमा प्रवेश गराएर क्वारेन्टाईनसम्म पुग्न सहजिकरण गरेको कार्कीले वताए ।


पत्रकार सम्मेलनमा उपस्थित मेचीनगर–४ का नेकपाका अध्यक्ष मेघराज खड्काले उक्त दिन आफु दिनभरि नाकामा रहेको र अर्जुन कार्की उक्त घट्नामा संलग्न नै नभएकाले नगरप्रमुखको अभिब्यक्तिले सिङ्गो नेकपा मेचीनगर समितिलाई नै लान्छना लागेको बताए ।

(Visited 211 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु