युवा विद्यार्थीले मेचीको सिमानामा फहराए राष्ट्रिय झण्डा

युवा विद्यार्थीहरुले नेपाल भारत सीमामा राष्ट्रिय झण्डा गाडेका छन् ।
नेपालको पूर्बी सिमाना साविक मेचीनगर १,२,३,४ का सिमाबर्ती इलाकाहरुमा विद्यार्थीहरुको समूहले राष्ट्रिय झण्डा गाडेको हो ।
नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू को १०० रुपैयाँ अभियान अन्तरगत सिमा सुरक्षा मा खटिएका सुरक्षाकर्मीहरुलाई १० थान टस लाइट समेत वितरण गरेको छ ।
१३ औ गणतन्त्र दिवसको अवसरमा सिमामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउँदै, राष्ट्रियताको सकारात्मक सन्देश फैलाउन उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम सह-समयोजक डेनु मगरले इमेचीलाई बताए।
युवा सघ नेपाल पुर्व क्षेत्रीय सदस्य लुसन तिवारी ले संयोजन गरेको कार्यक्रममा राष्ट्रिय युवा सघ झापा जिल्ला सदस्य तथा क्षेत्र न १ पुर्व इन्चार्ज राजु धिमाल को प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा नेकपा मेचिनगर कमिटी सचिवालय सदस्य अर्जुन कार्की, पूर्व युवा संघ मेचिनगर कमिटी अध्यक्ष सरोज मेहरा, पुर्ब अनेरास्ववियु मेचिनगर कमिटी अध्यक्ष सन्तोष धमला ,मेचिनगर ४ पुर्व युवा सघ अध्यक्ष वेग सुनुवार ,मेचिनगर १ पूर्व युवा संघ अध्यक्ष मुकुन्द थापा, अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटी सचीव आशिष पौडेल, पूर्व युवा संघ मेचिनगर ४ सदस्य एटम कार्की, पवन बराइलि, किरण पाण्डे, ईश्वर पाण्डे साथै हात्तीसार क्याम्पस अनेरास्यवियू अध्यक्ष आशीष प्रधान लगायत को युवा विद्यार्थीको उपस्थिति रहेको थियो ।
लगडाउन पछि युवा विद्यार्थीहरुले १०० रुपैयाँ अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छ्न।
प्रतिकृया दिनुहोस्