बाढीपहिरोले गर्दा ३ दिन विद्यालय बन्द


मकवानपुर- लगातारको वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्‍याएको भन्दै हेटौँडा उपमहानगरपालिकाका केही र भिमफेदी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गराएका छन् ।

वर्षाका कारण बाढीपहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै विद्यालय र हेटौँडाका बाढी प्रभावित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको हो ।

विद्यालयको सांकेतिक तस्विर ।

भिमफेदी गाउँपालिकाभरिका विद्यालय आजदेखि असार ३१ गतेसम्मका लागि बिदा दिइएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । विद्यालय सञ्चालन गर्दा पनि बाढीपहिराका कारण शिक्षक तथा विद्यार्थी विद्यालय आउन सक्ने अवस्था नरहेकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको अध्यक्ष लामाले बताए।

हेटौडा उपमानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । यो समयमा आफ्ना बालबालिकाहरुलाई एक्लै कतै हिड्न नदिइकन आफैसँग सुरक्षित राख्नुहोला ।

हेटौडा उपमहानगरले जारी गरेको सूचना ।
(Visited 24 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु