भारतबाट काँकरभिट्टा भित्रिएका १५ जनामा एण्टीबढी पोजेटिभ


मेचीनगर । भारतबाट काँकरभिट्टा भित्रिएका करिव ३१५ जना नेपालीहरुको शुक्रबार आरडीटी टेष्ट गर्दा १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको छ ।

काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा भारतबाट आएर बसेका नेपालीहरुमध्ये १५ जनामा एण्टीबढी पोजेटिभ भेटिएको हो ।

काँकरभिट्टा माविका १४८, धाइजनको २२ र इटाभट्टाको क्वारेन्टाइनका १४५ जनाको कोरोना भाइरसका लागि आरडीटी टेष्ट गर्दा उक्त संख्यामा एण्टीबढी पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

उनीहरुको शनिबार पीसीआर टेष्ट गरि विराटनगर स्थित कोरोना परिक्षण गर्ने प्रयोगशालामा पठाइने उनले बताए ।

विहीवार राति सीमा नाका पानीट्याङ्कीबाट उनीहरु काँकरभिट्टा भित्रिएका थिए ।

(Visited 879 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु