वडा सदस्य गजमेरलाई पितृशोक


मेचीनगर । मेचीनगर वडा नं ९ की वडा सदस्य मीना गजमेरलाई पितृशोक परेको छ ।
उनका बुवा हर्कबहादुर रसाइलीको ७९ वर्षको उमेरमा निधन भएको हो । रसाइली लामो समयदेखि दम रोगबाट पीडित थिए । मागुरमाडी निवासी रसाइली नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता थिए ।

मृतक रसाइलीकी श्रीमती सीतामाया रसाइली, छोराहरु भक्त, तिलक र राम रसाइली छन् । त्यस्तै, छोरीहरु चन्द्रमाया रुचाल, चन्द्रकुमारी घिमिरे, भोजकुमारी लाम्गादे र मीना गजमेर हुन् । कान्छी छोरी मीना गजमेर वडा सदस्यसँगै व्यवसायी पनि हुन् ।

(Visited 47 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु