लकडाउनमा विपन्नको साथी बन्दै ‘युवा विद्यार्थी एक सय रुपैयाँ अभियान’


मेचीनगर । ‘युवा विद्यार्थी एक सय रुपैयाँ अभियान’ झापा क्षेत्र नम्वर १ ले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र विपन्नलाइ सहयोग गरेको छ ।

लेखक : प्रकाश पौडेल

सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी संगठन झापा क्षेत्र नम्वर १ को सक्रियतामा सञ्चालन भएको ‘युवा विद्यार्थी एक सय रुपैयाँ अभियान’ले देश र जनताको सुरक्षका लागि सिमामा अस्थायी रुपमा टहरा बनाएर खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तीन थान सोलार प्यानल र दुईवटा टर्चलाईट प्रदान गरेको छ ।

त्यसैगरी अभियानले बिहिबार नै सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाका लागि जारी गरेको लकडाउनका कारण समस्यामा परेका मेचीनगर वडा नम्बर ३ का विपन्न १५ परिवारलाई प्रती परिवार १० केजी चामल र एक पोका नुन राहत प्रदान गरेको छ ।


बिहिबार प्रदेश सांसद श्रीप्रसाद मैनाीको प्रमुख आतिथ्यतामा सहयोग सामाग्री वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद मैनालीले सिमा क्षेत्रको प्रत्येक तीन–तीन किलोमिटरमा स्थाई रुपमै सुरक्षा पोस्ट निमार्ण गरिने वताएका छन् । उनले अहिलेको विपतको समयमा युवा विद्यार्थीहरुले एक सय रुपैयाँ अभियान चलाएर समस्यामा परेका नागरिकलाई सहयोग पुर्याउने कार्य प्रशंसनिय रहेको बताए । साथै उनले अस्थायी रुपमा सिमामा रहेर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई व्यवस्थित बनाउन आफुले सम्बन्धीत निकायमा पहल गर्ने बताए ।

अनेरास्ववियूका नेता सन्तोष धमलाले सञ्चालन गरेको कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य निलकण्ठ तिवारी, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, सचिव राजु पोखरेल, राष्ट्रिय यूवा संघ नेपालका नेता सरोज मेहरालगायतका यूवा तथा विद्याथीनेताहरुको आतिथ्यता रहेको थियो ।  ‘युवा विद्यार्थी एक सय रुपैयाँ अभियान’ साविक बाहुनडाँगीका संयोजक लुसन तिवारीको अध्यक्षतामा सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

(Visited 97 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु