मेचीनगरमा वन्ने भो निन्दा कृषि संग्रहालय


धुलावारी । निन्दा कृषि संग्रहालयको भवन शिलन्यास गरिएको छ । मेचीनगर–१० धुलावारीमा वन्न लागेको निन्दा कृषि संग्रहालयको भवन आज एक कार्यक्रमका विच शिलन्यास गरिएको हो । प्रदेश सांसद श्री मैनालीले भवनको शिलन्यास गरेका समर्पण अभियानका संयोजक प्रकाश खडकाले जानकारी दिए ।

लेखक : प्रकाश पौडेल

एक कट्ठा जग्गा मा बन्ने ३ तले सुबिधा सम्पन्न भवनको तल्लो तला कृषि संग्रहालय दोस्रो तला जेष्ठ नागरिक सभा हल र तेस्रो तलामा विभिन्न संघ सन्स्था का कार्यलय रहने भवन रहने छ ।

हाल संघीय सांसद राम कार्की को पुर्वाधार क्षेत्र बिकाश कार्यक्रम वाट दश लाख रकम उपलव्ध भएको छ भन संग्रहालयको बाल कम्पाउन्ड को लागि मेचीनगर को तिन लाख रकम सहयोग रहेको । संग्रहालयको निमाणै आगामी ३ बर्ष भित्र सम्पन्न हुने वताइएको छ ।

शिलन्यास कार्यक्रमको प्रमुख अतिथी प्रदेश सांसद श्री प्रसाद मैनाली, नेपाली काङ्ग्रेस नगर सभापती इन्द्र बहादुर बुढाथोकी, मेचीनगर नगर कार्यपालिका सदस्य कृष्ण कनाल, इन्जिनियर इन्द्र थापा , दल बा कट्टेल, अनिल पौडेल, बिपि भट्टराई, हृदय राजबन्शी, रुपा पौडेल, टिकाराम पौडेल, साङे शेर्पा, पदम कटुवाल, कृष्णराज सिटौला, महेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला जडिबुटी सहकारी संघ अध्यक्ष यादव पौडेलले गरेका थिए । सन्स्था का सल्लाहकार समिती संयोजक प्रकाश खड्का स्वागत गरेका कार्यक्रम संस्थाका अध्यक्ष नरहरी नेपालको सभापतित्वमा सम्पन्न भएको थियो ।

(Visited 67 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु