झापामा थप १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२

विर्तामोड । झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
आज पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो समय भारतबाट आउनेमा कोभिड संक्रमण बाक्लै देखिन थालेकाले झापामा उच्च सतर्कताको जरुरी देखिएको छ । बुधवार रातिदेखि विर्तामोडका चारै सडक सिल गरिएको कारण पनि कोरोनाको संख्या बढ्दै गएकाले नै हो ।
(Visited 244 times, 1 visits today)
प्रतिकृया दिनुहोस्