परस्त्री*गमनको आशं*कामा श्रीमतीले ढोका थुनिन, भाग्ने*क्रममा श्रीमानको ज्या*न गयो


बुटवल– आईतबार बिहान गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार गएराती झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज वामीमा उपचार हुन नसकी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याउने क्रममा बीच बाटोमै (आज बिहान साढे ६ बजे) मृत्यु भएको हो ।

स्थानीयका अनुसार हिजो राती घर्ती डेरा नजिकै अर्कैको घरमा बस्न गएका थिए । परस्त्रीगमनको आशंकामा उनकी श्रीमती खोज्दै आएर बाहिरबाट ढोका लगाई दिएपछि भाग्ने क्रममा घर्ती सोही घरको झ्यालबाट हाम्फालेर गम्भीर घाइते भएका थिए । अहिले पोष्मार्टम गरि परिवारलाई शव बुझाउने प्रकृया चलिरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

कुवेतमा आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आ*गलागी, ३ नेपालीको मृ*त्यु

काठमाडौँ — कुवेतको एक आप्रवासी कामदार बस्ने अपार्टमेन्टमा आगलागी हुँदा ३ जना नेपालीले ज्यान गुमाएका छन् ।

जसमध्ये दुई महिला र एक पुरुष कामदार रहेका छन् । आगलागीमा दुईजना गम्भीर घाइते भएका छन् भने १२ जनाको उद्धार गरिएको थियो । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतको महाबुल्ला-२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी भएको थियो । कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, गौरी दर्जी र अप्सरा कामी रहेका छन् । अप्सरा र गौरीको ठेगाना खुलेको छैन ।

गत शनिबार राति १२ बजेर २७ मा आगलागी भएको थियो । प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाएको छ । नमहाबुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो ।

(Visited 26 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु