गृहलक्ष्मी साकोसका सदस्यलाई ब्याजमा छुट, कर्मचारीलाई एक लाखको कोरोना बिमा


मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्था मेचीनगरले सदस्यका लागि ऋृणको व्याजमा १० प्रतिशत सम्म छुट दिएको छ ।

लेखक : प्रकाश पौडेल

मेचीनगर–९ धुलावारीमा प्रधान कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले सदस्यका लागि व्याजमा १० प्रतिशत सम्म छुट दिएको हो ।

संस्थाको ऋण कार्यक्रम अनुसार ‘युवा तथा साना व्यवसायी कोष’ अन्तर्गतको कर्जा शिर्षक बाहेक अन्य विभिन्न शिर्षक अन्तर्गत ऋण लाएको सदस्यहरुको हकमा २०७७ अषाढ मसान्त सम्म तिरेमा लकडउन अवधिभरको व्याजमा नेपाल सरकारले लकडाउन निर्णय गरेको मिति अगावै सदस्यले तिरेको व्याज, किस्ताको आधारमा ५ देखि १० प्रतिशत सम्म छुट दिने निर्णय गरेको छ । जुनसुकै कर्जा शिर्षकमा उपभोग गरेको ऋणको हर्जना तथा विलम्व शुल्क नलाग्ने सस्थाले जनाएको छ ।

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’ कार्जाको हकमा भने कोषको कार्यलयले हाल सम्म कुनै निर्णय नगरेको र कोषले पछी गर्ने निर्णय बमोजिम हुने बताइएको छ ।

संस्थामा कार्यरत प्रधान कार्यलय धुलाबारी सेवा केन्द्र विर्तामोड र मेचीनगर–१, गाडागल्लीका कार्यरत सबै कर्मचारीहरुको रु १ लाख बराबरको कोरोना बिमा गरिदिने भएको सस्थाले जनाएको छ ।

लकडाउनको अवधिमा घरै वसेर सेवा लिनका लागि सस्थाले जारी गरेको मोवाइल बैंकिङ प्रयोग गर्न सस्थाले आग्रह गरेको छ ।

हाल प्रधान कार्यलय सहीत सबै कार्यलयहरु बिहान ९:३० देखि ११:०० बजे सम्म सदस्यहरुको सेवाको लागी खुल्ला रहदै आएको छ ।

(Visited 124 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु