भारत विरुद्ध युवा तथा विद्यार्थीको प्रदर्शन


झापा ।  सत्ता पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियू मेचीनगर कमिटीले बिहीबार९आज० काँकरभिट्टामा भारत विरूद्व विरोध प्रदर्शन गरेका छन् ।

भारतीय विस्तारवादी नीति विरूद्व चर्का नारावाजी गर्दै सुरु भएको विरोध र्यालीमा सहभागी युवा तथा विद्यार्थीले प्रदर्शन गरेका अनेरास्ववियूका नगर अध्यक्ष सन्तोष धमलाले बताए ।

उनका अनुसार काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा गरेको र्याली स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरमा कोण सभामा परिणत भएको थियो ।

सभालाई संक्षिप्त सम्बोधन गर्दै संघका जिल्ला सह संयोजक दुर्गा धमलाले लिपुलेक, कालापानीलगायत नेपाली भूमिमाथि गिद्वे दृष्टि नलगाउन भारतीय पक्षलाई चेतावनी दिए ।

त्यसक्रममा संघका जिल्ला सदस्य राजु धिमाल, नगर अध्यक्ष सरोज मेहेरा, वाइसीएलका पूर्व नगर अध्यक्ष विनोद मण्डललगायत ३० जना युवा तथा विद्यार्थी नेता(कार्यकर्ताको सहभागिता रहेको बताइएको छ ।

राष्ट्रिय युवा संघले आफ्नो ३५ औं र अनेरास्ववियूले आफ्नो ५५ औं स्थापना दिवशको सन्दर्भ पारेर सीमा नाकामा सो कार्यक्रम गरेको जनाइएको छ ।

(Visited 125 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु