विकास देवकोटाले अनाथलयमा मनाए जन्मदिन


मेचीनगर । मेचीनगर–६ का बिकास देवकोटाले जन्मदिन फरक ढङ्गले मनाएका छन् । जन्मदिनमा अवसरमा वुधवार देवकोटाले अनाथ बालवालिकासँग सँगै खाना खाएर जन्मदिन मनाएका हुन ।


मेचीनगर–७ मा रहेको जागृत बाल उद्धार केन्द्रमा रहेका बालबालिकालाई एक छाक खाना खुवाए । वालबालिकासँग वसेर उनले पनि खाना खाएका थिए । लकडाउनका कारण सस्थामा खाद्यन्नको अभाव सृजना हुन थालेपछि उनले खाना खुवाएर जन्मदिन मनाएको देवकोटाले वताए । केन्द्रमा १४ जना अनाथ वालवालिका रहेका छन् । देवकोटा पाथिभरा प्रिन्टिङ प्रेसका सञ्चालकका साथै केन्द्रका सचिव हुन् ।
केन्द्र विगत ९ वर्षदेखी सञ्चालनमा रहेको छ ।

(Visited 102 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु