काँकडभिट्टा हुँदै भरतपुर गएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि


 काँकडभिट्टा । पूर्वी नवलपरासीमा भारतबाट आएका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष देवचुली नगरपालिका वडा नम्बर १२ का भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिएका छन् ।

संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते हिँडेर ३० गते चितवनको भरतपुर आइपुगेका हुन । ३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या २४६ पुगेको छ ।

कान्तिपुरबाट

(Visited 898 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु