‘मेचीनगर झरना’ को निमार्ण कार्य सूचारु


तस्वीर : अन्जनकुमार मिश्र

धाइजन । लकडाउनका कारण अवरुद्ध भएको मेचीनगर झरनाको निमार्ण कार्य सुरु भएको छ । कालिका सिमसारमा निमार्ण हुन लागेको ‘मेचीनगर झरना’को निमार्ण कार्य सुरु भएको हो ।

लेखक : प्रकाश पौडेल

मेचीनगर-कालिका साझेदारी कार्याक्रम अन्तरगत निमार्ण हुन लागेको मेचीनगर झरना एक महिना भित्र सम्पन्न हुने कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष योगेश भट्टराईले बताए ।

‘मेचीनगर झरना’ कालिका सिमसारको बिशेष योजना रहेको अध्यक्ष भट्टराईले बताए । ३२ फिट अग्लो तथा १५ फिट लम्वाइ रहेको ‘मेचीनगर झरना’ मेचीनगर नगरपालिकाको ३० लाख आर्थिक सहयोगमा निर्माण गर्न लागिएको उनले वताए ।

मेचीनगर–११/१२ मा रहेको कालिका सामुदायिक वन अन्तरगत सञ्चालन भएकोे कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रमा पर्यटकलाई लक्षित गरि विभिन्न पूर्वाधारको निमार्ण कार्य भइरहेको छ । ‘कालिका सिमसार’ को रुपमा तयार पारिएको मास्टर प्लान अनुसार अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । मास्टर प्लान अनुसार ५० प्रतिशतको काम सकिएको कालिका सामुदायिक बन समुहका अध्यक्ष योगराज भट्टराईले जानकारी दिए ।


मेचीनगर झरनासँगै सेल्फी डाँडाको पनि निमार्ण कार्य धमाधाम भइरहेको छ । सेल्फी डाँडा ३६ फिट अग्लो र २ सय २ फिट लम्वाईको रहेको छ । ५० फिट अग्लो ट्रि–हाउसको निमार्ण पनि सम्पन्न भइसकेको अध्यक्ष भट्टराईले बताए । लकडाउनमा अगाडी देखेको कालिका सिमसार तथा पर्यटकीय क्षेत्रको स्वरुप अहिले झन् सुन्दर बन्दै गइरहेको अध्यक्ष भट्टराईले बताए ।

पछिल्लो समय मेचीनगर–११, १२ धाइजनमा रहेको कालिका सिमसार जिल्लाकै पहिलो पर्यटकीय गन्तव्यको रुपमा स्थापित भइरहेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत धाइजन ढाटवाट उत्तर ४ सय मिटरको दूरीमा रहेको कालिका सामुदायिक वन अन्तरिक पर्यटकको पहिलो रोजाई हो ।


‘कालिका सिमसार’को पोखरी ४ सय मिटर लामो छ । यू आकारको पोखरी ८ मिटर गहिराईको पोखरीमा अहिले पनि साढे ३ मिटर पानी छ । पोखरीमा विभिन्न जातका माछा पाल्ने समेत पलिएको छ । पर्यटकलाई लक्षित गरि फिसिङ रडको व्यवस्थापन गर्ने तयारी रहेको अध्यक्ष भट्टराईले बताए । पोखरी भित्र सिसा जडित आकर्षक डिजाईनको घर निर्माण गर्ने सामुदायीक बनले महत्वकाँक्षी मास्टर योजना पनि छ । एक खम्वे पिल्लर मा सिसाले बनेको सो घर भित्र वसेर पर्यटकले जेनेटरको माध्यमबाट रोटेपिङ खेल्न पाउने छन् । पोखरीबाहिर राखिने जेनेरेटरको फिता ले सो घरलाई ओरिपरी घुमाएर मनोरन्जन दिने योजना रहेको अध्यक्ष भट्टाराईले बताए ।

समितिले पोखरी माथि आकर्षक पुल निर्माण सम्पन्न गरिसकेको छ । ६० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि प्रदेश सरकार र मेचीनगर नगरपालिकाले सहयोग गरेको अध्यक्ष भट्टराईले बताए । यो पुलले पर्यटकको मन लोभ्याउन सफल भएको अध्यक्ष भट्टराइले बताए ।


सिमसार पर्यटकका लागि वाईफाईको समेत व्यवस्था छ । वईफाईका लागि टावरै निर्माण गरि निशुल्क रुपमा सेवा प्रदान गरिएको छ । हाई स्पिडको इन्टरनेट सेवाका कारण त्यहाँ पुग्ने पर्यटकको मन लोभिन्ने गरेको छ । कालिका सिमसार भित्र प्रदेश सरकारको सहयोगमा ‘कालिका स्तम्भ’ को पनि निर्माण सम्पन्न भइसकेको छ । २६ लाख लागतमा निर्माण सम्पन्न ‘कालिका स्तम्भ’ ३० फिट अग्लो छ ।
सिमसार क्षेत्रमा पुर्वी पहाडि भेगमा पाईने एउटा आकर्षक घर निर्माण गरिएको छ । परम्परागत शैलीमा निर्माण गरिएको सो घर धेरैका लागि सेल्फी लिनका लागि उपयुक्त भएको छ ।

पर्यटकलाई लोभ्याउनका लागि कालिका सिमसारमा चिडियाखान समेत रहेको छ । जसलाई ‘मिनि चिडियाखान’को रुपमा स्थापित गर्न समिति लागि परेको छ । ‘मिनि चिडियाखान’मा हरिण, वदेल चरिबाघ, गिद्ध, हाडखोड, मुसा, खरायो, ढेडु, हुचिल लगायतका बन्यजन्तुरहेका छन् । ‘मिनि चिडियाखान’ लाई थप व्यवस्थापन गर्न र बन्यजन्तुको संरक्षणका लागि समितिले योजना बनाएको छ ।
समितिले सिमसार क्षेत्रमा चिल्ड्रेन पार्क, आदिवासी जनजातिको संस्कृति झल्कने संग्राहलय र सभा हलसमेत निर्माण गर्ने बताएको छ । दुई डव्वे रेल, बुद्धको मुर्तिबाट पानिको फोहोरा, पोखरी विचमा गुप्त कालिको मन्दिर लगायतका पुर्वाधार तयार गर्ने तत्कालको योजना रहेको अध्यक्ष भट्टराईले बताए ।

(Visited 179 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु