‘ल्याण्डफिल्ड साइट’को विरुद्ध स्थानियको ज्ञापनपत्र


मेचीनगर । मेचीनगर नगरपालिकाले बनाउन लागेको फोहोरमैला व्यवस्थापन केन्द्रको वडावासीले स्थगनको माग गरेका छन् ।
मङ्गलवार मेचीनगर उपप्रमुखलाई ज्ञापनपत्र वुझउदै फोहोरमैला व्यवस्थापन केन्द्रको काम स्थगनको माग गरेका हुन् ।

मेचीनगर–३ र ८ मा रहेको वनउन लागिएको े फोहोरमैला व्यवस्थापन केन्द्रले स्थानियवासीलाई असर गर्ने भएकाले काम स्थगन गर्नका लागि नगरपालिकाको ध्यानार्काषण गरिएको हो । ४ सय वढी स्थानियको हस्ताक्षर रहेको ज्ञापनपत्र सघर्ष समितिका संयोजक एनु भट्टराईको नेतृत्वमा आएको टोलीले उप प्रमुख मीना उप्रेतीलाई हस्तानतरण गरेको हो ।

ज्ञापनपत्र वुझदै उप प्रमुख उप्रेतीले वडावासीले माग संवोधन गरेरै मात्र काम अघि वढाउने वताइन् । समय अभावका कारण वजेत फिज हुने भएकाले वडावासीसँग समन्वय नगरि काम सूरु गर्न लागिएको भएपनि तत्काल निमार्ण कार्य सञ्चालन उनको भनाइ थियो । नगरको गैरवको योजना भएकाले यो कामलाई वडावासीको साथ र सहयोग रहने उनले विश्वस व्यक्त गरिन् ।

(Visited 92 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु