‘एकका लागि एक’ अभियानले मेचीनगरका १७५ जनालाई दियो राहत


मेचीनगर । ‘एकका लागि एक’ अभियानले मेचीनगरका अति विपन्न परिवारका १७५ जनालाई राहत सामग्री वितरण गरेको छ । चारआली, धुलाबारी र काँकरभिट्टाका सहारा साकोसको शाखाले उक्त संख्याका विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था धुलाबारी शाखाले बुधबार ७० जना विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्का, १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरु, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना लगायतले विपन्न परिवारलाई राहत वितरणका साथै शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

राहत वितरण कार्यक्रममा मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल, छविलाल खतिवडा, कुसुम कोइराला, लक्षेन्द्र यादव, पर्शुराम तिम्सिना, खेमराज पुरी, स्रिजना डाँगी, विपिनचन्द्र दाहाल, मिलन दाहाल, राजेश बाँनिया, सञ्जीता पराजुली लगायतको सहभागिता थियो ।

सहारा साकोस धुलाबारी उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साकोसको चारआली इलाकाका प्रबन्धक मुकुन्दसेन कार्कीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

सहारा साकोस धुलाबारी शाखाका प्रबन्धक अरुण श्रेष्ठले राहत वितरण कार्यक्रमको सञ्चालन गरेका थिए । मङ्गलबार सहारा साकोस कँकरभिट्टाले पनि ७५ जना विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

यता चारआली इलाका साकोसले पनि सोमबार ३० जना विपन्न परिवारलाई राहत वितरण गरेको जनाइएको छ । राहत सामग्रीका रुपमा २५ केजी चामलको बोरा, २ केजी दाल, १ लिटर खानेतेल, १ केजी नुन तथा लुगाधुने र हात धुने एकएक वटा साबुन वितरण गरिएको थियो ।

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न संघ संस्थाकोे सहयोगमा शुरु गरेको ‘एकका लागि एक’ अभियान जिल्लाभरि धमाधम सञ्चालन भइरहेको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले जारी गरेको बन्दाबन्दीका कारण उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न सहारा नेपालले विभिन्न संघ–संस्थाकोे सहयोगमा ‘एकका लागि एक’ अभियान शुरु गरेको छ ।

 

(Visited 25 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु