नेपाल भारत सिमानामा गोली काण्ड : भारतीय पक्षले माफी माग्यो


झापा ।  दक्षिण झापाको सीमा सुरक्षा पोस्टमा सोमवार दिउँसो डेढ सयको जत्था भेला पारेर आक्रमणको प्रयास भएको घटनामा भारतीय पक्षले मङ्गलवार माफी मागेको छ ।

झापा गाउँपालिका वडा नं. ४ सुकुम्वासी वस्तीस्थित १३१ नं। पिल्लर नजिक सोमवार दिउँसो साढे चार बजे भारतीय पक्षबाट नेपाली सीमा सुरक्षा पोस्टमा आक्रमणको प्रयास भएको थियो । घरेलु हतियारसहित आएका भारतीय नागरिकहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाई गर्नुपरेको थियो ।

घटनालाई लिएर मङ्गलवार सोही सीमा क्षेत्रमा मङ्गलवार नेपाल र भारत दुबै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले माफी मागेको हो ।

भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै नेपाली पक्षसँग माफी मागेको र घटनाका दोषीमाथि भारतीय प्रशासनद्वारा कानूनी कार्वाही गरिने सहमति भएको नेपाल झापा जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलले जानकारी दिए ।

छलफलमा भारतीय सीमा सुरक्षा वल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरु आएका थिए भने नेपाली पक्षले हवाई फायर गर्नुपर्ने अवस्था सिर्जना भएकोमा भारतीय पक्ष दोषी भएको हाकाहाकी बताएको थियो ।

छलफलमा सीमाको सुरक्षा सम्बेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकालिएको जिसस प्रमुख पोर्तेलले बताए ।

सीमा क्षेत्रबाट आवतजावत हुन नदिने यसअघिको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने दुवै पक्षवीच सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

हेनुहोस समाचार ः

झापाको नेपाल भारत सिमानामा गोली चल्यो

(Visited 610 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु