झापाको नेपाल भारत सिमानामा गोली चल्यो


फाइन तस्वीर

झापा । झापा गाँउपालिका-४ सुकुम्बासी बस्ती अन्तरगत पर्ने नेपाल भारत सिमामा गोली चलेको छ । भारतबाट नेपाल तर्फ छिर्न खोज्ने दुई जना भारतीय नागरिकलाई सिमामा खटिएका नेपाल प्रहरीको टोलीले सम्झाई बुझाई फिर्ता पठाएको थियो ।

आफुलाई फिर्ता पठाएपछि आक्रोशित बनेका उनीहरूले अन्दाजी दुई तीन सय जना भारतीय नागरिक घरेलु हातहतियार सहित नेपाल प्रबेश गर्ने प्रयास गरेका थिए । नेपाल प्रबेशको क्रममा सशस्त्र प्रहरी बलको अस्थाई पोष्टमा आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि दुई राउण्ड हवाई फायर गरिएको हो । आज बेलुका पाँच बजे सो घटना भएको थियो । सुरक्षाकर्मी माथि नै आक्रमण प्रयास भएपछि नेपाल र भारत दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो परिचाल गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

घटनामा कुनै किसिमको धनजनको क्षति भएको छैन । सशस्त्र प्रहरीले फायर खोलेपछि उनीहरू भारत तर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । प्रदेश सांसद हिराकुमार थापाले सिमा पारिबाट आएको अज्ञात भारतीय समुहबाट हुल हुज्जत भएको र गोली समेत चलेको जानकारी दिए ।
सांसद थापाले आज राति आफ्नो फेसबुकमा यो घटनाका विषयमा सो क्षेत्रको जनप्रतिनिधि समेत भएको नाताले गम्भीर रुपमा ध्यान आकर्षण भएको उल्लेख गरेका छन् ।
‘विश्व महामारीको यस परिस्थितिमा सिमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यो किसिमको गतिबिधि निन्दनीय र खेदजनक छ’, सांसद थापाले लेखेका छन् ‘भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधि छिमेकिमैत्री, दुई देशिय हित र पारस्पारिक लाभको आधारमा पुर्ण नियन्त्रण गर्नको लागि जोड्दार रुपमा अपिल गर्दछु ।’

(Visited 14,427 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु