लकडाउन उल्लघंन गर्दै मेचीनगरमा राहत वितरण


मेचीनगर । राहत वितरण कार्यलाई व्यवस्थित गर्न नसक्दा मेचीनगर नगरपालिका कार्यालयमा आज राहत लिनेको भीड लागेको छ ।
नगरपालिकाले आपतकालीन राहत वितरण गर्ने निर्णय अनुसार गरिब परिवारका सदस्यहरु कार्यालयमा भेला गराएको थियो । सरकारले यतिखेर घरबाट बाहिर ननिस्कनु, भीडभाड नगर्नू भनेपनि मेचीनगर नगरपालिकाले भने यो नियम ठाडो उल्लघंन गरेको छ । राहत वितरण कार्यलाई केन्द्रिकृत गर्दा समस्या निम्तिएको हो ।


राहतलाई वडास्तरबाटै वितरण गरेको भए भीड नहुने थियो । तर, नगरपालकाले कार्यालयमा भेला गराएर विपन्न परिवारलाई चामल वितरण गरेको छ । राहतका लागि निवेदन दिएका परिवारलाई प्रतिपरिवार १० केजीका दरले चामल दिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीले जानकारी दिए । नगरपालिकाले आपतकालीन राहत तीन दिन अघिबाट बाँडेदै आएको थियो ।

नगरपालिका कार्यालयमा राहत लिन आउनेको भीडभाड बढेपछि उक्त आपतकालीन राहत वितरण कार्यलाई बन्द गरी वडाबाटै व्यवस्थापन गरिने मेचीनगर नगर प्रमुख विमल आचार्यले बताए ।

(Visited 160 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु