राहत माग्न सेवाग्रही आएपछि मेचीनगरका जनप्रतिनिधिबीच झण्डै कुटाकुट


मेचीनगर नगरपालिकाको कार्यालय झापा

मेचीनगर । राहत वितरणको विषयमा मेचीनगरका जनप्रतिनिधिबीच नै विबाद उत्पन्न भएको छ ।
राहत वितरण समानुपातिक ढंगबाट नभएको भन्दै मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का र वडा सदस्य इन्द्र प्रधानबीच कार्यालयमै विवाद भएको हो । आज वडा कार्यालयमा राहत लिन विपन्न परिवार गएका थिए । करिव ३०–४० जनाको संख्यामा विपन्न परिवार राहत माग्न आएको बेला वडाध्यक्ष खड्काले तपाईंहरु घरै जानुस्, उतै राहत आउँछ भनेपछि वडा सदस्य प्रधानले आफ्ना सेवाग्राहीलाई गर्ने व्यवहार राम्रो नभएको टिप्पणी गरेका थिए ।
दुवै जनप्रतिनिधिबीच चर्काचर्की हुन थालेपछि वडा कार्यालय आएका सेवाग्राही अचम्ममा परेका थिए । राहत वितरणलाई व्यवस्थित ढंगबाट वितरण गर्नुको साटो उल्टै जनप्रतिनिधि झगडामा उत्रिनु ठीक नभएको एक सेवाग्राहीले बताए । उनीहरु दुवैजना नेपाली कांग्रेस निकटका जनप्रतिनिधि हुन् ।
दुवैजनाबीच चर्काचर्की विवाद सुरु भएपछि राहत लिन आउने परिवार पनि घर फर्किएका थिए । वडाध्यक्ष खड्काले राहत वितरण कार्य आफ्नो वडामा व्यवथित रुपमा भइरहेको दाबी गरेका छन् । उनले अति गरिब परिवार र अन्यको अवस्था हेरेर राहत वितरण गरिएको बताए । वडाध्यक्ष खड्काले आफ्नो वडामा धेरैजसो गरिब परिवार रहेको र राहत वितरणमा कसैलाई विभेद नगरिएको पनि बताए ।

(Visited 375 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु