तिम्रो र मेरो भन्ने भावना त्याग्दै हाम्रो भनेर उद्धार तथा राहत कार्यमा लागौं : पुर्वराजा शाह


काठमाडौं । अहिले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको छ । अहिले राहत अनी उद्धारको काम तिव्र रुपमा चलिरहेको छ । यो बीचमा यस विपत्तप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्नुभएको छ । पूर्वराजाले आज एक विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिनु भएको हो । प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर सहयोग गर्न पनि पूर्वराजाले आग्रह गर्नुभएको छ ।

सुदीप भण्डारी/सलमान खान, अन्नपूर्ण पोष्ट अनलाइन

बुटवल : भारतबाट आयात गरिएका आलुमा विषादी भेटिएको छ। बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइमा शुक्रबार परीक्षण गरिएको आलुमा खानै नमिल्ने विषादी भेटिएको हो। तीन महिनादेखि बन्द रहेको प्रयोगशाला मंगलबारबाट पुन सुचारु भएको थियो। प्रयोगशालाबाट भारतबाट आएका ५६ उपज दुई दिनमा परीक्षण गरिएको थियो। भन्सारको सिफारिसमा परीक्षण गरिएका आलुमध्ये दुईवटा ट्रकका आलुका नमुनामा विषादी भेटिएको हो।

भारतबाट ल्याउन खोजिएका आलुका दुवै नमुनामा ३६ देखि ४५ रुकावट प्रतिशत देखिएको हो। ‘रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने खान योग्य हुन्छ। ३६ देखि ४५ प्रतिशत भयो भने दुई÷तीन दिन पर्खेर फेरि परीक्षण गर्नुपर्ने हुन्छ’, प्रयोगशाला प्रमुख रामबहादुर खत्रीले भने। प्रयोगशालामा अहिले धेरैजसो आलु प्याजको नमुना आइरहेको खत्रीले बताए।

भारतबाट आएको तरकारी र फलफूलमा विषादी जाँच गरेर तयार परेको अधिकांश रिपोर्टमा १० देखि १५ प्रतिशत विषादी देखिएको छ। शून्य विषादी भएका कुनै पनि वस्तु भेटिएका छैनन्।

 

विषादी जाँचेर आयात सुरु

भारतबाट आयात हुने कृषि उपज (तरकारी र फलफूललगायत) मा विषादी जाँच गरेर मात्रै आयात गर्न थालिएको छ। तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँच गरेर मात्रै आयात गर्न थालिएको हो।

बुधबार सर्वोच्चको आदेश र विभागको निर्देशनपछि भैरहवा भन्सार कार्यालय बिहीबारदेखि भारतबाट आएको तरकारी र फलफूलका गाडी रोकेर विषादी चेकजाँचका लागि प्रयोगशालामा पठाउन थालेको छ।

प्रयोगशालामा जाँच गरिने तरकारी र फलफूल उपभोग गर्न योग्य रहेको रिपोर्ट आएपछि मात्र भन्सार गरेर मुलुकमा भिœयाइने काम सुरु भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए। ‘भारतबाट आइरहेको तरकारी र फलफूलका गाडीलाई रोकेर विषादी जाँच लागि पठाउने काम सुरु गरेका छौं’, उनले अन्नपूर्णसँग भने, ‘खानयोग्य रहेको भनी प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै जाँचपास गरेर पठाइरहेका छौं।’

भारतबाट भैरहवा नाका हुँदै दैनिक ५०/६० वटा तरकारी र फलफूलका मालवाहक गाडी भित्रिने गर्छन्। सूचना अधिकारी पौडेलका अनुसार बिहीबार भारतबाट आएका ५५ वटा तरकारी र फलफूलका गाडी रोकेर विषादी जाँचपछि मात्र पठाइएको छ। जसमध्ये ३५ वटा गाडी बिहीबार र २० वटा गाडी शुक्रबार बिहान जाँचपास गरी पठाइएको छ।

शुक्रबार भारतबाट आएका तरकारी र फलफूलका ४५ वटा गाडी रोकेर विषादी जाँचका लागि बुटवल प्रयोगशालामा पठाइएको उनले जानकारी दिए। जसमध्ये २५ वटा आलु, प्याज र २० वटा फलफूल गाडी छन्। बुटवलस्थित विषादी द्रूत विश्लेषण प्रयोगशालाले भारतबाट आएको तरकारी र फलफूलमा विषादी जाँच गरेर तयार परेको अधिकांश रिपोर्टमा १० देखि १५ प्रतिशत विषादी देखिएको छ। शून्य विषादी भएका कुनै पनि वस्तु भेटिएका छैनन्। प्रयोगशालामा शुक्रबार अपरान्हसम्म भारतबाट आयात भएका ५६ वटा तरकारीको नमूना परीक्षण भएको छ।

यो समाचार हामीले अन्नपूर्ण पोष्ट अनलाइबाट लिएका हौं ।  

(Visited 8 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु