‘नतिजा प्रकाशित गर्न नगरपालिका नै वाधक वन्यो’


मेचीनगर नगरपालिकाको कार्यालय झापा
लेखक : प्रकाश पौडेल

मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको थियो । नगरपालिकाको शिक्षा शाखाले नगरका सबै विद्यालयहरुलाई १८ गतेभित्र कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा प्रकाशित गर्न निर्देशन गरेको थियो । तर नगरले निर्देशन गरेअनुरुपको समयसिमा भित्र नगरका विद्यालयले नतिजा प्रकाशित गर्न सकेनन् । केही विद्यालयले १८ गते नै नतिजा प्रकाशित गरि सामाजिक सञ्चालबाट जानकारी गराएका थिए ।

मेचीनगर नगरपालिकाले नगरका विद्यालयहरुलाई कक्षा ८ वाहेक १ देखि ९ कक्षा सम्मको परीक्षाको नतिजा यहि १८ गतेभित्र प्रकाशित गर्न निर्देशन गरेको दिन अर्थात १६ गते आइतवार मेचीनगर कार्यापालिकाको वैठकवाट नगरमा लकडाउनमा थप कढाई गर्ने निणर्य गर्यो । मेचीनगर क्षेत्रमा पास बेगरका मोटरसाइकलसहित कुनै पनि सवारी साधन चलाउन निषेध गरियो । । नगरपालिकाले वैशाख १६ गतेसम्म जारी गरेका सबै सवारी साधनको अनुमति (पास) खारेज गरियो । यो निणर्यले नगरका विद्यालयलाई नतिजा प्रकाशित गर्न थप समस्या सृजना भएको छ । नगरले दिएको समयसिमा भित्र नतिजा नगरेमा सरकारको नियम नमानेजस्तो देखिने र समयसिमा भित्र नतिजा प्रकाशित गर्न नगरनै वाधक वनेको सरोकारवाला वताउँछन् ।

मेचीनगरमा रहेका सामुदायिक विद्यालयहरुले भने नतिजा प्रकाशित गरिसकेका छन् । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीका अनुसार नगरभित्र रहेका ४१ सामुदायिक विद्यालय मध्ये ८० प्रतिशतको नतिजा प्रकाशित भइसकेको छ । चैत ५ गते भित्रमा अधिकाश सामुदायिक विद्यालयले परिक्षा सकिएका कारण पनि नतिजा प्रकाशित गर्न सम्भव देखिएको हो ।

मेचीनगरमा १ सय ४ विद्यालय सञ्चालनमा छन् । जसमा सामुदायिक विद्यालयको सङ्ख्या ४१ रहेको छ । निजि स्कुलको सङ्ख्या ६० रहेको छ । ३ वटा धार्मिक विद्यालय रहेका छन् । ६० वटा निजि विद्यालय मध्ये ४० विद्यालय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र केही स्वतन्त्र बाहेक अन्य विद्यालय राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मा आवद्ध रहेका मेचीनगर शिक्षा शाखाले जनएको छ ।

प्याब्सन मेचीनगर अध्यक्ष डम्वर रुचाल

नगरले तोकेको समयमा नतिजा प्रकाशित गर्न नसकिने मेचीनगरमा निजी विद्यालयले यसअघिनै इमेचीसँग जानकारी गराएका थिए । नगरले विद्यालयसँग समन्वय नगरी नतिजा प्रकाशित गरेका कारण पनि समस्या सृजना भएको हो ।

लकडाउनका कारण शिक्षकहरु विद्यालय आउन समस्या छ । प्राप्तान्क संकलन गरि परीक्षाको नतिजा प्रकाशित गर्न समस्या हुन्छ । लकडाउनका कारण केहि विद्यालयहरुको परीक्षा सकिएको छैन । एउटादेखि ४ वटा विषय सम्मको परीक्षा अझै केहि विद्यालयको बाँकी नै छ । यावत कारणहरु भएपनि विद्यालय नतिजा प्रकाशित गर्न लागिपरेका छन् । उनिहरुलाई परेका समस्या समाधान गर्न नगरपालिकाको कुनै भुमिका देखिएको छैन ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डम्वर रुचालले १८ गते बाट विभिन्न विद्यालयको परिक्षको नतिजा प्रकाशन गर्न शुरु गरेका र वैशाख २६ गते भित्रमा मात्र सबै विद्यालयको नतिजा प्रकाशित भईसक्ने बताए । उनले भने– ‘लक डाउनका कारण प्रभावित केही विद्यालयमा भने लक डाउन खुकुलो भएपछि मात्र नतिजा प्रकाशन हुनेछ ।’

उनले नसकिएका परिक्षाहरु र सकिएका परिक्षाहरु दुबैलाइ समिक्षा गरि निरन्तर मुल्यांकन प्रक्रिया बाट रिजल्ट तयार गरिएको बताए । प्याब्सन मेचीनगरका अध्यक्ष रुचालले भने– नगरको निर्देशन लाई सम्मान गर्दै रिजल्ट तयारीमा हामी जुट्ने छौ । तर नगर विद्यालयविच समन्वय हुन नसक्दा नगरले तोकेको मितिमा नतिजा प्रकाशित हुन सकेन ।’

(एनप्याब्सन) मेचीनगरका अध्यक्ष भगिथ राई

राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) मेचीनगरका अध्यक्ष भगिथ राईले वैशाख २६ भित्रमा आवद्ध सबै स्कुलको नतिजा प्रकाशित भईसक्ने वताए । उनले भने–हाम्रो सस्थासँग आवद्ध विद्यालय मध्ये ८० प्रतिशत विद्यालयले नतिजा प्रकाशित गरिसकेका छन् ।

नगर शिक्षा अधिकारी होमनाथ भण्डारीका अनुसार नगरभित्र सञ्चालित ८० प्रतिशतको हाराहारीमा सामुदायिक विद्यालयले नतिजा प्रकाशित गरेको भएपनि थोरै निजि विद्यालयले मात्र नतिजा प्रकाशित भएको आफुले जानकारी पाएको वताए ।

(Visited 186 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु