मर्न लागेका बिरामीलाई डाक्टरले १५ क्यान बियर खुवाएर बचाए

हाम्रो समाजमा रक्सीलाई अनौठो चिज मानिंदै आएको छ । रक्सीको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुराका हामी विश्वस्त छौं र यो हो पनि ।

रक्सी सेवनका कारण शरीरमा धेरै किसिमका स्वास्थ्य समस्याहरु आउन सक्ने भएकाले रक्सी सेवनलाई टाढा राख्न नै जरुरी छ ।

भियतनाममा भने एउटा अनौठो घटना सार्वाजनिक भएको छ । जहाँ डाक्टरले एक बिरामीलाई बचाउनका लागि १५ क्यान बियर पिलाएका छन् ।

वैट हाट नामका ४८ वर्षीय व्यक्ति अल्कोहल प्वाइजनिंगको बिरामी थिए । उनी सिकिस्त बिरामी भएका कारण डाक्टरहरुले उनलाई होसमा ल्याउनका लागि अनेक उपाय प्रयोग गरे तर जति जे गर्दा पनि बिरामी होसमा नआएपछि उनलाई झन्डै १५ क्यान बियर पिलाएइएको थियो । त्यसपछि उनी होसमा आएका थिए ।


फेसबुकमा हामीसँग जोडिनुहोस् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *