आइतबारसम्म हट्ने भनिएको सवारी चालक अनुमती पत्र (लाइसेन्स) को कोटा सिस्टम हट्न अझै केही समय लाग्ने भएको छ। आइतबारदेखि अनलिमिटेड बनाउने भनिएपनि विभागको वेवसाइट डाउन भएको कारण गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘हाम्रो साइट डाउन भएको छ। प्राविधिक टोलीले त्यो समसया हटाउन खोज्दै हुनुहुन्छ,’ उनले भने ‘ पहिला हामी […]
निर्माण सिजनको मौका छोपी केही व्यापारीले गिटी-बालुवाको मूल्य बढाएको सुनिन थालेको छ। नेपाल क्रसर व्यवसायी उद्योग महासंघले भने गिटी-बालुवाको मूल्य बढेको हल्ला मात्रै भएको बताएको छ। महासंघका महासचिव पुरुषोत्तम रेग्मीका अनुसार गिटी-बालुवाको मूल्य घटबढको निर्णय सरकारको हो। गत वर्ष फागुन-चैतको तुलनामा यतिबेला मूल्य सस्तिएको उनले बताए। ‘सिजनका बेला भए पनि ठूला निर्माण क्षेत्र ठप्प छन्। साना […]