समाचार Archives - E mechi
Border Point Restaurant and Cafe

समाचार

क्याप्टेन बिजय लामाथिको निलम्बन फुकुवा !

क्याप्टेन बिजय लामाथिको निलम्बन फुकुवा !

Posted in समाचार
काठमान्डौ , नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ। प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोणले संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लमामाथि शशर्त निलम्बनको निर्णय गरेको थियो।नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो। प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो। प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए।विभिन्न मिडियामा
१३ वर्षीय बालक अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल…सके सहयोग नसके एक सेयर

१३ वर्षीय बालक अस्पतालमा छटपटाउँदै, सहयोगको लागि परिवारको अपिल…सके सहयोग नसके एक सेयर

Posted in समाचार
बिर्तामोड : झापा हल्दिबारी गाउँपालिका- ४ अधिकारीचोकका १३ वर्षीय बालक गोपीचन्द्र दंगाल (सुगम) काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार छन्।ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका दंगाललाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ। उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्।स्थानीय चिल्ड्रेन गार्डेन स्कुलमा कक्षा ७ मा अध्ययनरत सुगमलाई ब्लड क्यान्सर भएको परिवारजनले दुई महिनाअघि मात्र थाहा पाएको उनका काका मनकुमार दंगालले बताए। झापामा उपचार संम्भव नभएपछि हाल उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ।’तीन महिना अघि छोराको शरीरमा निलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगेका थियौं, उनका बुबा भीष्मले भने, ‘ओमसाईका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या आएको भन्दै छोराको शल्यक्रिया गरेका
धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु

Posted in समाचार
कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार कम हुने गर्दछ । यसकारण तिब्र गतीमा कपाल झर्ने गर्दछ । १. पेस्ट्रीज र केकः यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोनको स्तर बढाउँछ । यसले तीब्र रुपमा कपाल झर्छ । २. तारेका खानेकुराः यसमा अत्यधिक तेल हुन्छ जसले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्ने गर्दछ । रिफाइन्ड फूडः सेतो पाउरोटी, पास्ताजस्ता खानामा पाइने स्टार्च चीनीमा परिवर्तन हुन्छ जसले कपाल पातलो हुन थाल्छ । ४. आलूः यसमा स्टार्चको मात्रा अत्यधिक हुन्छ जसले इन
विज्ञ भन्छन्- ‘महाभूकम्प गएकाे क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आउछ’

विज्ञ भन्छन्- ‘महाभूकम्प गएकाे क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आउछ’

Posted in समाचार
महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए । सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ । विसं १९९
सावधान ! माछा खाँदै हुनुहुन्छ ? लासमा राखिने ‘फर्मलिन’ हालेर भारतबाट नेपालमा माछा

सावधान ! माछा खाँदै हुनुहुन्छ ? लासमा राखिने ‘फर्मलिन’ हालेर भारतबाट नेपालमा माछा

Posted in समाचार
नेपालगञ्ज । भारतम प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको पाइएको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिने गरेका हुन् । भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि एक साता लाग्छ । कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् । ‘फर्मलिन (लामो समयसम्म नकुहियोस् भनेर प्रयोग गरिने केमिकल) सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’ फर्मलिन लामो समय राख्नुपर्ने लास नकुहियोस् भनेर संसारभरी त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी बनाइएको एक केमिकल हो । साँढेका लागि जिन्दगी भर बिहे नगर्ने यी महिला विवाह सबै मानिसका लागि जीवनमा जरुरी नहुन सक्दछ, तर यो एउटा महत्वपूर
सवोच्चको फैसलाले जनविश्वासमा धक्का, यी हुन् एनसेलको पक्षमा फैसला गर्ने न्यायाधिश

सवोच्चको फैसलाले जनविश्वासमा धक्का, यी हुन् एनसेलको पक्षमा फैसला गर्ने न्यायाधिश

Posted in समाचार
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठको एकल इजालासले एनसेलले तिर्नु पर्ने लाभकर तत्काल तिर्नु नपर्ने गरि आदेश दिए सँग यस विषयका पक्ष र विपक्षमा बहस सिर्जना भएको छ । यस अघि तत्काल तिर्नु पर्ने लाभकर तिर्न सर्वोच्च अदालतले पटक आदेश जारी गरेको थियो भने सरकारले पनि एक साताको समय दिएर लाभ कर तिर्न एनसेललाई ताकेका गरेको थियो । सरकारले दिएको समय सिमा सकिने दिन नै एनसेले सर्वोच्चमा रिट दायर गरेको थियो । एनसेलको रिट माथि आज अन्तरिम आदेश जारी गर्दै लाभकर निर्धारण विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको छ।ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो । यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने
प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए साढे दुई वर्षकाे छोरा

प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए साढे दुई वर्षकाे छोरा

Posted in समाचार
विवाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र त्याे सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । विवाह दुई मानिसबीचको समझदारी तथा सौहार्दपूर्ण तरिकाले जीवन बिताउन प्रण गर्ने संस्था हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया पनि हो । सामाजिक रुपमा विवाह एउटा यस्तो समारोह हो जसले कुनै एक स्त्री र पुरुषलाई नैतिकरुपमा सँगै बस्न, यौनसम्वन्ध स्थापित गर्न र वंश विकास गर्न वैधानिकता प्रदान गर्दछ। भन्नेहरू भन्छन् ‘बिहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छेपनि पछुताउँछ।’ विवाह गरेपछि धेरै पछुताएको त हाम्रो समाजमा पनि धेरै पाइन्छ । तर भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । आफ्नी श्रीमतीको विवाह मात्रै हाे
पथरी कान्ड: भाउजुले गरिन अर्को खुलासा,त्यही साझ २ जना ब्यक्तिसँग होटलमा आएकि थिइन रिना ! को हुन ती ?…(हेर्नुहोस् भिडियो)

पथरी कान्ड: भाउजुले गरिन अर्को खुलासा,त्यही साझ २ जना ब्यक्तिसँग होटलमा आएकि थिइन रिना ! को हुन ती ?…(हेर्नुहोस् भिडियो)

Posted in समाचार
काठमाडौं – मोरङ पथरीशनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्युको बिषयलाई लिएर प्रहरीले उनकै २ जना साथीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका ५ बजेको समयमा पथरीमा आएका २ जना अपरिचित युवाहरु सँग रिनाको भेट गराउने उनका २ जना मिल्ने साथीले भेट गराई चिसो समेत पिएर छुटेको कुरा सार्बजनिक भएपछि प्रहरीले उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिएको छ । बुधबार मात्र त्यहि मध्येकी एक साथीको मोबाईल समेत हराएको भनिएपछि घटना थप शंकास्पद बनेको छ । ती युवा को थिए ? उनीहरुको भेट किन गराईयो ? भन्ने बिषय थप शंका उत्पन्न गराएको छ । रिनाका ति दुबैजना मिल्ने साथी होटल सञ्चालक हुन । यसैबिच प्रहरीले रिनाको शव ईटहरीस्थित बुढीखोलामा शुक्रबार अत्येष्टि गर्ने तयारी गरेसँगै कविता पराजुलीको संयोजकत्वमा बनेको संघर्ष समितिले उनको शव पथरीमा ल्याई अन्त्येष्टि गर्नुपर्ने बताएको छ
मध्यराती सुतेकै ठाउँमा चट्याङ खसेर गयो एक युवकको ज्यान

मध्यराती सुतेकै ठाउँमा चट्याङ खसेर गयो एक युवकको ज्यान

Posted in समाचार
भद्रपुर – झापाको भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उहाँलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ः०० चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१५ मा गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर ४० वर्षीय प्रकाश बुढाथोकीको मृत्यु भएको थियो भने दुई घाइते भएका थिए ।
हामी असुरक्षित छौ, पहिला देखि नै प्रहरी सुरक्षा फितलो भएकै हो : उपमेयर विष्ट (भिडियो)

हामी असुरक्षित छौ, पहिला देखि नै प्रहरी सुरक्षा फितलो भएकै हो : उपमेयर विष्ट (भिडियो)

Posted in समाचार
मोरङको पथरी शनिश्चरेकी उपमेयर यामुना विष्टले प्रहरीको सुरक्षा फितलो भएको गुनासो पोखिन। रिना हत्या प्रकरणमा प्रशासनले ध्यान नदिएको कारण आफुअरु सडकमा उत्रिन बाध्य भएको उनको भनाई छ।प्रहरी प्रसाशनको कार्य राम्रो नभएको कारण प्रहरी बल नै परिवर्तन गर्न जिल्ला एस.एस.पीलाई आफुले पटकपटक भनिएता पनि बेवास्ता गरेको उनले बताईन। अहिले भने प्रहरी प्रशासनले पनि अनुसन्धान भईरहेको उनले जनाईन। विगतका दिनहरुमा प्रशासनले कुनै पनि राम्रो काम नगरेको कारण जनता निकै असुरक्षित भएको उनको भनाई छ। उनी भन्छिन, ‘यदि प्रसाशन बलियो भएको भए आज यस्तो घटना हुने थिएन।’ रिनाको आत्महत्या नभई हत्या नै भएको उपमेयर विष्टको दावी छ। उनले कुनै पनि महिला नग्न आत्महत्या गर्ननसक्ने उनको भनाई छ। आन्दोलन र सबैको दबाबपछि अनुसन्धान पनि राम्ररी भईरहेको र सत्य तथ्य बाहिर आउने उनको विश्वास छ। र याे पनि पाँच महिनादेखि पुराना जुत्ता-चप्प