राजनीति Archives - E mechi
Border Point Restaurant and Cafe

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको अक्षर सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको अक्षर सार्वजनिक

Posted in राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अक्षर सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले काष्ठमण्डप निर्माण समितिको आगन्तुक पुस्तिकामा आफ्नै हातले लेखेर पुननिर्माण कार्यको प्रशंसा गरेका हुन् । प्रधानमन्त्री ओलीको हस्त लेखौट उनकै प्रेस संयोजक चेतन अधिकारीले सार्वजनिक गरेका हुन् । ओलीले लेखेको १३ लाइन हेर्दा उनी सटिक र शुद्ध नेपाली लेख्छन् भन्ने देखिन्छ । आगन्तुक पस्तिकमा उनले ‘हाम्रा पुर्खा महान छन्’ लेखेका छन् । यसै बीच प्रधानमन्त्री ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त संरचना निर्माण भइसक्ने बताएका छन् । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताए । प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गर्दै भने– ‘नेपालीहरु विद्वान प
प्रधानमन्त्री ओलीसहित ५ जना मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

प्रधानमन्त्री ओलीसहित ५ जना मन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

Posted in राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बहालबाला पाँच जना मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ। मंगलबार कानून, न्याय तथा सामाजिक कल्याण मञ्चले घरेलु मदिरा नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्रीसहित अर्थ मन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृका यादव, स्वास्थ्य मन्त्री उपेन्द्र यादव विरुद्ध मुद्दा दायर गरेको हो।सर्बोच्च अदालतमा दायर भएको मुद्दामा प्रहरी प्रधान कार्यालय, आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई पनि विपक्षी बनाईएको छ। मञ्चका अध्यक्ष तथा अधिवक्ता जगन्नाथ मिश्र, सुमिता डंगोल, सारदा गुरुङ र नविन कार्कीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्। सर्वोच्चले बैशाख १३ गते प्रारम्भिक सुनुवाईका लागि पेशी तोकेको छ।मदिरा ऐन, २०३१ अनुसार तयार पारिएको मदिरा नियमावली, २०३३ को नियम ७ को (घ) मा कसैले पनि एक पटकमा ५ लिटरसम्म जाँ
सुतिहेको ५ बर्षिय छोरासहित मध्यरातमा पक्राउ परिन विप्लव समुहकी नेतृ कल्पना सुवेदी

सुतिहेको ५ बर्षिय छोरासहित मध्यरातमा पक्राउ परिन विप्लव समुहकी नेतृ कल्पना सुवेदी

Posted in राजनीति
रुपन्देही, वैशाख ११ । प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्लास्तरीय नेतालाई रुपन्देहीबाट पक्राउ गरेको छ । प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो । गएरति ११ बजेतिर रुपन्देहीको देवदह खैरेनीबाट सुवेदीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले सुवेदी सहित उनका ५ वर्षे छोरालाई समेत नियन्त्रणमा लिएको स्थानीयले दावी गरेपनि प्रहरीले उनलाई मात्र नियन्त्रणमा लिएको जानकारी गराएको छ । कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । सुवेदीमाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहलाई प्रतिबन्ध लगाएयता रुपन्देही प्रहरीले सुवेदी सहित जिल्ला तहका १० जना नेतालाई पक्राउ गरेको छ। ती मध्ये सैनामैनाका जनस
सरसर्ती सबै जिल्लाको अध्यक्ष र सचिवको लिष्ट हेरे, त्यसपछि जुरुक्क उठेर हिँडेका माधव नेपाल कता हराए ?

सरसर्ती सबै जिल्लाको अध्यक्ष र सचिवको लिष्ट हेरे, त्यसपछि जुरुक्क उठेर हिँडेका माधव नेपाल कता हराए ?

Posted in राजनीति
काठमाडौं बैशाख ९ । ७० औं कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा थियो। घोषणा कार्यक्रम १२ बजे हुने बताइएको थियो तर निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिला सुरु भयो। सुरुमा करिब साढे १२ बजेतिर वरिष्ठ नेता झलनाथ खनाल आइपुगे। खनाल कुर्सीमा बसेको केही समयपछि पनि कार्यक्रम शुरु नभएपछि उनी बाहिर निस्किए। त्यसको केही समयपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै खनाल फेरि अगाडि मञ्चमा रहेको कुर्सीमा गएर बसे। उनीहरुले अध्यक्षद्वयको पर्खाइमा निकै समय कुरे। करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम प्रस्तोता महासचिव विष्णु पौडेलले कम्युनिस्ट पार्टीबारे केही समय लिखित व्याख्या गरे, त्यसपछि दाहाललाई मन्तव्यका
प्रचण्डलाई रेखाको जवाफ: ‘आफूले चै परेवा उडाएका थियौ र ?’

प्रचण्डलाई रेखाको जवाफ: ‘आफूले चै परेवा उडाएका थियौ र ?’

Posted in राजनीति
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईतबार एक कार्यक्रममा विप्लवले बम पड्काएर परिवर्तन आउँछ भन्नु भ्रम भएको अभिव्यक्ति दिए । त्यसको प्रतिवादमा नायिका रेखा थापाले प्रचण्डप्रति कटाक्ष गरेकी छन् । बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम मात्र हो भन्दै आएका अध्यक्ष प्रचण्डलाई नायिका थापाले व्यंग प्रहार गरेकी छन् । तत्कालीन सशस्त्र युद्धका सर्वोच्च कमाण्डर रहेका प्रचण्डलाई थापाले विप्लवलाई बम पड्काएर परिवर्तन आउँदैन भन्नु ठूलो गल्ती मान्दै रेखा थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘आफूले चै काहा परेवा उडाएका थियौ र ?’ प्रचण्डको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा धेरै बम पड्किएर सर्वसाधारणको ज्यान समेत गएको थियो । आईतबार चितवन कैलाशनगर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतंक सि
कर्णालीका जनता सिटामोल नपाएर मर्ने अवस्थामा ,सरकारले ६६१ करोडमा ६९ सय बाइक १ हजार गाडी किन्यो

कर्णालीका जनता सिटामोल नपाएर मर्ने अवस्थामा ,सरकारले ६६१ करोडमा ६९ सय बाइक १ हजार गाडी किन्यो

Posted in राजनीति
काठमाडौं । कर्णालीका जनता सिटामोल नपाएर मर्ने अवस्थामा छन् । सुत्केरी हुन नसकेर गर्भवती महिलाले अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ । रोजगारीका लागि विदेशिएका नागरिक उतै अकालमा ज्यान फाल्नुपर्ने अवस्था छ । हालै मात्र चितवनमा पारिवारिक तनाव र गरिबीका कारण दुई बच्चासहित एक महिलालले आत्महत्या गरिन ।सरकार नेकपाको छ । संविधानले समाजवादको नारा लगाएको छ । गाँउमै सिंहदरबार पुग्ग्यो भनिएको छ । संघ, प्रदेश र स्थानीय सरकार गठन भयो । तर जनताको दैनिकी झन् झन कष्टकर बन्दै गएको छ । तर जनताको सेवाका लागि स्थापना भएका भनिएका सरकारी निकायले मात्रै गत आर्थिक वर्षमा ६ हजार ९०० वटा मोटरसाइलक र १ हजार २४ वटा चार पांग्रे सवारी साधन खरिद गरे ।प्रधानमन्त्री केपी शर्मा ओली हरेक भाषणमा सुशासनको चर्को वखान गर्दै आएका छन् । तर मर्मतपछि पनि राम्रै गरी चल्न सक्ने सवारी साधनलाई अलपत्र पारेर गरिबका लागि खर्च गर्नुपर्ने र
सानो गल्तीमा कानुनमन्त्री– शेरबहादुर तामाङको मन्त्रि पद चट हुने , ‘विष्णु पौडेल किन बर्खास्त नहुने !

सानो गल्तीमा कानुनमन्त्री– शेरबहादुर तामाङको मन्त्रि पद चट हुने , ‘विष्णु पौडेल किन बर्खास्त नहुने !

Posted in राजनीति
काठमाडौं । बालुवाटारको सरकारी जग्गा हडप्ने काममा पार्टी महासचिव विष्णु पौडेलसमेतको नाम जोडिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले पदबाट बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पौडेलको छोराका नाममा दर्ता, स्रेस्ता कायम रहेको जग्गा सरकारले रोक्का नै गरिसकेकाले पौडेलमाथि कारबाही गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।दाङका सांसद एवम् नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले त महासचिव पौडेलले किनेको नभइ भूमाफियाका नाममा जग्गा दर्ता गर्न सघाउ पुर्‍याएकाले उपहारमा जग्गा पाएको जिकिर गर्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क अघि सारेका छन् । साविक लुम्बिनी अञ्चल र अहिले पाँच नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूले महासचिव पौडेललाई पदबाट हटाउन लबिङ नै शुरू गरेका छन् । “महासचिवजस्तो मान्छे भूमाफियासँग मिलेर सरकारी जग्गा हडप्न संलग्न रहेको विषय कारबाही योग्य हो, उनलाई यो, वा त्यो बहा
यी सांसद जो १५ महिना सम्म संसदमा एक शब्द चुईंक्क बोलिनन्

यी सांसद जो १५ महिना सम्म संसदमा एक शब्द चुईंक्क बोलिनन्

Posted in राजनीति
काठमाडौं। बाँके जिल्लाको डडुवा गाउँपालिका–२ की चिन्तावती कुर्मी प्रदेश नं. ५ प्रदेश सभाकी सदस्य हुन । त्यति मात्रै हैन उनी प्रदेश मामिला तथा कानून समितिमा पनि छन् । तत्कालीन एमालेबाट समानुपातिक उम्मेदवार बनेकी कुर्मी संसदको तेस्रो अधिबेशन चल्दा समेत रोष्टम उभिएर बोलेकि छैनन भने कानुन समिति समेत आफ्ना धारणा राख्ने गरेकि छैनन् । जनता कुरा संसदमा उठाउने मुख्य दायित्व जनप्रतिनिधीकै भएपनि कुर्मी अहिले सम्म चुपचाप छिन । प्रदेशसभा तेस्रो अधिवेशन जारी छ । पहिलो अधिवेशनमा २२, दोस्रोमा २८ र तेस्रो अधिवेशनको हालसम्म २७ वटा बैठक बसिसकेका छन् । प्रदेश सभाका ७७ वटा बैठकले २५ भन्दा बढी विधेयक पारित पनि गरिसकेको छ ।प्रदेशसभा गठन भएको झण्डै १५ महिनासम्म पनि संसदमा आफ्ना कुरा राखेकी छैनन् ।संसदमा विशेष समय, शुन्य समय भनेर पनि छुटटाईन्छ । तर कुर्मी संसदमा आउने बस्ने बाहेक आफ्ना कुरा बताउँदिनन् । कुर
कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्:“प्रधानमन्त्रीको भाषणबाट बालबालिकाले प्रशस्त मनोरञ्जन पाएका छन्”

कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्:“प्रधानमन्त्रीको भाषणबाट बालबालिकाले प्रशस्त मनोरञ्जन पाएका छन्”

Posted in राजनीति
बैशाख २ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दिएका अभिव्यक्तिहरुप्रति गम्भिर आपत्ति जनाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रधानमन्त्रीका पछिल्लो अभिव्यक्तिहरुको आलोचना गरेको हो । सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले विपक्षी दलहरूलाई नन्दीभिरंगीको संज्ञा दिएको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले दिने गरेका अभिव्यक्तिहरु आपत्तिजनक रहेको भन्दै घोर भत्सना गछौँ उनले भने । शर्माले प्रधानमन्त्रीले नयाँ वर्षमा आइतबार बिहान देशव्यापीका नाममा सम्बोधन गर्दा सरकारको विरोध गर्नेलाई वृद्धवृद्धा र युवाले ढुंगा बर्साउँलान् भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले प्रधानमन्त्रीको भाषणबाट बालबालिकाहरुले प्रशस्त मनोरञ्जन लिईरहेको भन्दै व्यंग्य गरे । उनले भने “जब प्रधानमन्त्री टिभीमा बोल्न थाल्नुहुन्
प्रहरीले धमाधम पक्राउ गरिरहँदा विप्लव संगठनका केन्द्रीय अध्यक्ष राष्ट्रपतिबाट उल्टै सम्मानित

प्रहरीले धमाधम पक्राउ गरिरहँदा विप्लव संगठनका केन्द्रीय अध्यक्ष राष्ट्रपतिबाट उल्टै सम्मानित

Posted in राजनीति
काठमाडौ। विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्षहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहँदा संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक भने सरकारबाट उल्टै सम्मानति भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको पहिलो दिन पाठकलाई प्रवल जनसेवाश्री पदकबाट सम्मान गरेकी हुन्। पाठकलाई उक्त पदकबाट विभूषित गर्न सरकारले गएको वर्ष राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो। विप्लव नेतृत्वको नेकपा सम्बद्ध शिक्षक संगठनका आवरणमा विभिन्न गतिविधि भइरिरहेको भन्दै प्रहरीले संगठनका नेताहरूलाई पक्राउ गरेको जनाएको छ। अध्यक्ष पाठकले भने आफूहरूको संगठन पेशागत शिक्षक संगठन भएको र नेपाल सरकार श्रम विभागमा दर्ता भई कार्य सचालन गरिरहेको बताएका छन्। सरकारले विप्लव नेतृत्वको नेकपासँग जोडेर संगठनका जिल्ला नेताहरूलाई पक्राउ गर्नु खेदजनक र असंवैधानिक रहेको टिप्पणी गर्दै उनले भने, ‘कुनै पनि शिक्