राष्ट्रिय समाचार Archives - E mechi
Border Point Restaurant and Cafe

राष्ट्रिय समाचार

माइक्रोले सामान्य ठक्कर दिएर बाइक लडेको मात्र के थियो अगाडीबाट आएको ट्रकले किचेर २ जनाको ज्यान लियो

माइक्रोले सामान्य ठक्कर दिएर बाइक लडेको मात्र के थियो अगाडीबाट आएको ट्रकले किचेर २ जनाको ज्यान लियो

Posted in राष्ट्रिय समाचार
धादिङ - गल्छी गाउँपालिका-४, बेल्खु पृथ्वी राजमार्गमा बुधबार दिउँसो भएको दुर्घटनामा दुई जनाकाे ज्यान गएकाे छ। मोटरसाइकल र माइक्रोबस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि पछाडिबाट आएको ट्रकले किच्दा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाण्डौबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ५१०३ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाण्डौ चन्द्रागिरी नगरपालिका-५ का २९ वर्षीय राज महर्जन र चन्द्रागिरी नगरपालिका-१२ का ३० वर्षीय कवि कुमार महर्जन सडकमा लडेका थिए । त्यही समयमा चितवनबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किच्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो । घटनापछि मा
आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा तनाव !

आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा तनाव !

Posted in राष्ट्रिय समाचार
काठमाडौं– बुद्ध एयरले आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा केही छिन तनाव सिर्जना भएको छ।बिहिबार साँझ ६ बजेपछि मात्र आकस्मिक रुपमा बुद्धले २ उडान रद्द गरेपछि तनाव सिर्जना भएको हो। बिहिबार विराटनगरबाट काठमाडौं जानका लागि टिकट काटेका यात्रु विराटनगर विमानस्थल पुगेका थिए।तर बुद्धले आफूहरुलाई कुनै जानकारी नै नदिई उडान रद्द गरी आफूहरूलाई बिचल्लीमा पारेको भन्दै आक्रोश व्यक्त गरेका थिए। यसबीचमा एयरलाइन्सका कर्मचारी र यात्रुबीच भनाभन समेत भएको थियो। आक्रोशित यात्रुले आफूहरुलाई कि त घरमा पुर्याउनुपर्ने नत्र होटलमा बासको व्यवस्था गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। यसपछि बुद्धले घर जान चाहने यात्रुलाई गाडीको व्यवस्था र जान नचाहने यात्रुका लागि होटलको व्यवस्था गरेपछि तनाव साम्य भएको थियो।
हाम्रै नेपालमा : पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गयो

हाम्रै नेपालमा : पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गयो

Posted in राष्ट्रिय समाचार
काठमाडौँ – रुपन्देहीमा पोखरीमा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गएको छ । ज्यान जानेमा नुहाउन गएका ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।उनीहरुको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीका अनुसार बिहान करिब ११ बजे नुहाउन पोखरीमा पुगेका उनीहरुको डुबेर ज्यान गएको हो ।नुहाउने क्रममा डुबेर ज्यान गएको ४ जना बालिकाहरु आफ्नै दाजुभाईका छोरि रहेको प्रहरीले जनाएको छ ।
पृथ्वीनारायण शाहको सालिक तुरून्त हटाऔं भन्दै चन्द्रागिरी पुगे आङ्ग काजी शेर्पा

पृथ्वीनारायण शाहको सालिक तुरून्त हटाऔं भन्दै चन्द्रागिरी पुगे आङ्ग काजी शेर्पा

Posted in राष्ट्रिय समाचार
काठमाडौं । पृथवी नारायण शाहको तस्विरमा थुकेर चर्चा कमाएका आङ्ग काजी शेर्पा चन्द्रागिरीमा रहेको पृथवी नारायण शाहको सालिक हटाउन माग गरेका छन्। आङ्ग काजी शेर्पाले काठमाडौँको प्रमुख्य पर्यटकीय क्षेत्र नेपाली तथा केही विदेशी पर्यटटकको समेत आकर्षक घुमफिर गन्तव्यका रुपमा विकसित चन्द्रागिरीलाई विवादमा तान्ने फेरि प्रयास गरेका छन् । चन्द्रागिरीमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनुपर्ने भन्दै आङ्ग काजी शेर्पा सहित केही जनजाती नेताहरुले प्रदर्शन गरेका छन् । आदीवासी जनजातीभित्र पनि अराजक नेताको उपमा पाएका आङकाजी शेर्पालगायतले बुधबार चन्द्रागिरी पुगेर यस्तो प्रदर्शन गरेका हुन् । शेर्पासहितको जनजाती टोलीले चन्द्रागिरीमा किर्ती लक्ष्मीको तस्बिर देखाउँदै प्रदर्शन गरेका हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई जनहत्याराको आरोप लगाउँदै शेर्पाले कीर्तिलक्ष्मीका बारे प्रशंशा गरेक
सरकारी गाडीमा हनिमुन ? को हुन् यी भाइरल जोडी ?

सरकारी गाडीमा हनिमुन ? को हुन् यी भाइरल जोडी ?

Posted in राष्ट्रिय समाचार
काठमाडौं । सरकारी गाडीको दुरुपयोग हुनु नौलो कुरा होइन । बेलाबेलमा श्रमतीलाई माइत,ब्यूटिपालर र छोरा छोरीलाई स्कुल एरपोर्ट पुर्याउन जानु स्भाबिक नै मानिन्छ । तर यसपटक भने नौलो कुरा नै देख्न पाइयो । यसपटक देखिएको नौलो कुरा बा २ झ १६५० नम्बर सरकारी गाडी हो । माथिको तस्बीरमा देखिएको गाडी सेतो नम्बर प्लेटको छ । गाडीमा खिचिएको उक्त फोटो होर्दा असामन्य देखिन्छ । एक त सरकारी गाडी त्यस गाडीमा दुइ जना युवायुवती फिल्मी शैलीमा पोज । यस फोटोमा यी जोडी बिहेपछि हनिमुन बनाउन गएका जस्तो देखिन्छ । यस फोटोमा युवती चट् परेकने लेह्गा र युवा कोट पाइन्टमा सजिएका छन् । यसो हेर्दा पढेलेखेका जस्तो देखिने मानिसले यस्तो व्यबहार देखाएपछि सामाजिक संजालमा भाइरल बनेको हो । सरकारले सार्वजानिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ । सञ्चालन गर्न अतिआवस्यक भएको खण्डमा मात्रै अनुमति लिएर चलाउन पाउने
नेपाली झन्डाले हात पुछेको भन्दै नेपाली र भारतीय विद्यार्थीविच कुटाकुट

नेपाली झन्डाले हात पुछेको भन्दै नेपाली र भारतीय विद्यार्थीविच कुटाकुट

Posted in राष्ट्रिय समाचार
सीड्नी, अप्रिल २५ । अस्ट्रेलियामा नेपाली र भारतिय विद्यार्थी बिच झडप भएको छ । नेपाली र भारतीय विद्यार्थी सगै पढ्ने र एउटै रूममा बस्ने दुइ बिच कुटाकुट भएको हो । उनि २ बिच घनिष्ट सम्बन्ध रहेको बताइएको छ । उनी संगै एउटै रूममा बस्दै आएका र रूममा खाना खाना खाएर हात धोएपछी भारतिय विद्यार्थीदले टेलबलमा राखेको नेपालको झण्डाले हाता पुछेपछी कुटाकुट भएको बताइएको छ ।उनिहरूको बिच केही बेर भनाभन , नेपाली झण्डाको अपमान भएको भन्दै उनीहरू बिच झडप भएको हो । उनिहरूको नाम र ठेगाना गोप्य राखीएको छ ।
कैलालीमा हावाहुरी, असिना र चट्याङको बितण्डा

कैलालीमा हावाहुरी, असिना र चट्याङको बितण्डा

Posted in राष्ट्रिय समाचार
बुधवार राती आएको हावाहुरी, असिना पानी र चट्याङले कैलालीका विभिन्न ठाउँमा क्षती पुर्‍याएको छ । जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी नगरपालिकामा असिना पानीले खेतमा लगाएको तरकारीहरुमा क्षति पुर्‍याएको हो । त्यस्तै हावाहुरीका कारण घोडाघोडी नगरपालिका -४ माघी गाउँमा आँपको रुख ढल्दा एक जना युवती गम्भिर घाईते भएकी छिन् । स्थानीय रामवहादुर चौधरीकी २२ बर्षिया छोरी रिता चौधरी गम्भिर घाईते भएकी ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ । यस्तै जिल्लाको लम्की चुहा नगरपालिका- ४ मा स्थानीय भवानी प्रशाद भाटको बाख्रा गोठमा परेको चट्याङ्ले ४ बाख्रा मरेको प्रहरीले जनाएको छ । बुधवार राती हावाहुरीसंगै परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा घरका छाना तथा तरकारी बाली नस्ट गरेको छ ।
एनसेल सिम बहिस्कार गर्दै सर्वसाधारण…

एनसेल सिम बहिस्कार गर्दै सर्वसाधारण…

Posted in राष्ट्रिय समाचार
काठमाडौं । एनसेलले सरकारलाई तिर्नुपर्ने अर्बौको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्को विरोध सुरु भएको छ।सरकारले पटक पटक ताकेता गर्दा पनि कर नतिरेपछि सर्वसाधारण स्वस्फुर्त रुपमा एनसेल सिम बहिस्कारमा उत्रिएका हुन्। अ हिले एनसेलको सिम बहिस्कार गर्ने अभियान देशैभर चलेको छ । विदेशमा बसेका नेपालीहरुले पनि यो अभियानलाई साथ दिइरहेका छन् ।सर्वोच्च अदालत र ठूला करदाता कार्यालयले कर तिर्न गरेको ताकेता अटेर गर्दै एनसेलले उल्टै सरकारबिरुद्ध मुद्धा दायर गरेको छ । एनसेलको उक्त कदमको चौतर्फी विरोध सुरु भएको हो । कतिपयले एनसेलको सिममा आगो लगाएका छन् भने कतिपयले कर तिरेपछि मात्रै सिम प्रयोग गर्ने भनेर बन्द गरेका छन् ।अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सिम बहिस्कार गर्ने लहर नै चलेको छ । यसरी सिम बहिस्कार गर्नेमा सर्वसाधारणदेखि राजनीतिज्ञ, कलाकार, पत्रकार, लेखक, वकिल, चिकित्सक समेत रहेका छन् । कर नतिर
कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

Posted in राष्ट्रिय समाचार, समाज
सप्तरी - सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् । स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा उनकाे खाेजी गरिरहेका छन् । खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै नभेटेपछि आरतीका बुबा विष्णुदेवले भन्नुभयोे, ‘घरबाट निस्केको यतिका दिन भयो, कसैको सम्पर्कमा पनि छैन । अब कहाँ जाउँ ?’ कठौना बजार कपडा किन्न जान्छु भनेर चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्किएपछि घरमा चुलो बल्न छोडेको आरतीका दाजु कृष्ण कुमार सरदारले बताउनुभयो । उहाँले बहिनीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, मानव अधिकारकर्मी, प्रहरी प्रशासनलगायतलाई आग्रह गर्नुभएकाे छ ।
मकवानपुरमा सवारी दुर्घटनामा परेर ५१ जनाको मृत्यु, मृत्यु हुनेमा ४३ पुरुष ५ महिला र ३ बालबालिका

मकवानपुरमा सवारी दुर्घटनामा परेर ५१ जनाको मृत्यु, मृत्यु हुनेमा ४३ पुरुष ५ महिला र ३ बालबालिका

Posted in राष्ट्रिय समाचार
हेटौँडा- मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल बढी दुर्घटना भएको बताइएको छ । पछिल्लो समय सडकमा छाडा छोडिएका पशु चौपायाका कारण पनि दुर्घटनाको जोखिम बढिरहेको छ । मकवानपुरमा गत एक वर्षको अवधिमा साना ठूला गरी १३३ सडक दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी चालकमा धैर्यको कमी भएका कारण सवारी दुर्घटना दिन प्रतिदिन बढिरहेको बताएको छ । चालकमा उच्च रक्तचाप, हतार, यान्त्रिक गडबडी, सडकको अवस्था, मादक पदार्थको सेवन, आँखाको दूरदृष्टिमा कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले प्रत्येक महीना सव