स्थानिय समाचार Archives - E mechi
Border Point Restaurant and Cafe

स्थानिय समाचार

जात्रै जात्राको युनिट पूर्वमा

जात्रै जात्राको युनिट पूर्वमा

Posted in ब्यानर न्यूज, स्थानिय समाचार
झापा । जेठ ३ गते देखि देस व्यापी रुपमा प्रदर्शनमा आएको नेपालि कथानक चलचित्र जात्रै जात्राको युनिट चलचित्र पर्वद्धन गर्ने उद्देश्यका साथ पूर्व आएको छ । पूर्व आए संगै झापाको विर्तामोडमा रहेको क्यूएफएक्स चलचित्रका कलाकारहरुले दर्शक संगै बसेर केहिवेर चलचित्र हेरेका थिए । चलचित्रका कलाकर्मीहरुले दर्शकको प्रतिकृया समेत लिएका थिए । जेठ ३ गते देखि प्रदर्शन आएको चलचित्र जात्रै जात्राले तिन करोड बढि रकम उठाउन सफल भएको निर्देशक प्रदिप भट्टराईले बताए । हास्य कथामा आधारित चलचित्रमा विपिन कार्की, रविन्द्र झा, विन्द्र सिंह बाँनिया, दयाहाङ राई, वर्षा राउत, प्रकास घिमिरे, राजाराम पौडेल लगायतले मुख्य भुमिकामा रहेका छन् । उक्त चलचित्र पूर्वको विर्तामोडमा रहेको क्यूएफएक्स र कृष्ण चित्र मन्दिरमा राम्रो व्यापार गरिरहेको हल संचालक मिजास पोख्रेलले बताए ।
आफ्नो जन्मदिनमा बाल आश्रम पुगेर हात जोडेर के मागे संचारकर्मी घिमिरेले(भिडियो हेर्नुहोस)

आफ्नो जन्मदिनमा बाल आश्रम पुगेर हात जोडेर के मागे संचारकर्मी घिमिरेले(भिडियो हेर्नुहोस)

Posted in स्थानिय समाचार
झापा । झापामा युवा संचारकर्मी खगेन्द्र घिमिरेले आफ्नो जन्मदिन भिन्न रुपमा मनाएका छन् । २८ बर्ष पुरा गरेको अवसरमा उनी झापाको एक बाल आश्रममा पुगे । अनुसन्धान मिडियाका संचालक तथा पछिल्लो समयमा युटुव च्यानल अनुसन्धान बाट पूर्वमा नाम कमाउन सफल संचारकर्मी घिमिरे अर्जुनधारा नगरपालिका ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेका हनु । उनले त्यहाँ गएर १२ जना शारिरिक अशक्त रहेका बालबालिकालाई फलफुल बितरण गरेका हनु । अनाथ,असहाय तथा बिपन्न परिवारका ति बालबालिका हरु सो केन्द्रमा बसेर पढ्दै आएका छन् । उनीहरुको शिक्षा दिक्षा सम्पूर्ण चन्दा सहयोगकै भरमा चल्दै आएको छ । जन्मदिन मनाउन गएका घिमिरेले आफु खुसीमा रमाउने भन्दा पनि दुख र असहायको सेवामा बढि समय दिन रुचाउने भएकै कारण यो आश्रममा आएको बताए । उनले दुखमा परेकालाई एक छाक खान दियो भने आफ्नो मन खुसी रहने प्रतिकृया दिए । केन्द्र पुगेर फलफल बितरण
बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

Posted in स्थानिय समाचार
बाहुण्डाँगी। बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजविमल श्रेष्ठले गर्नु भएको थियो । तालिमका मुख्य प्रशिक्षक समेत रहनु भएका सिनेटर पौडेलले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तिव विकासँगै समाज परिवर्तनमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । उहाँले जेसीज तालिमको विश्वविद्यालय भएको बताउनु हुँदै बाहुनण्डाँगी जेसीजले आयोजना गरेको ८ दिवसीय तालिमले थप मेचीनगरबासीलाई थप उर्जा थप्ने बताउनु भयो । तालिममा मेचीनगरका ५३ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उ
नगर प्रमुखलाई आएको विदेश भ्रमणको निमन्त्रणमा छोरी उडेपछि…

नगर प्रमुखलाई आएको विदेश भ्रमणको निमन्त्रणमा छोरी उडेपछि…

Posted in स्थानिय समाचार
खलङ्गा / जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणमा छोरीलाई पठाएको पाइएको छ । प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो । स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी बनाउने विषयमा गत वर्ष प्रमुख सेजुवाल उपप्रमुख अप्सरादेवी न्यौपाने(महत)लाई फिलिपिन्समा अवलोकन भ्रमणको निम्ता आएको थियो । एउटा गैर सरकारी संस्थाको पहलमा त्यहाँको भ्रमणको अवसर पाइएकोमा प्रमुख र कर्मचारीको मिलेमत्तोमा सेजुवालकी छोरी र तत्कालीन चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी निर्मला डाँगीलाई पठाएको पाइएको नगरपालिकाका कर्मचारी बताउँछन् । “प्रमुखकी छोरी र कर्मचारी फिलिपिन्स भ्रमणमा गएर आएपछि मात्रै थाहा भयो”, प्रशासन शाखामा कार्यरत एक कर्मचारीले भन्नुभयो, “खै कुन्नी के विषयमा उनीहरु गएका रहेका छन्, बारम्बार न
सलाम छ यी सहयोगी हृदय भएकाहरुलाई, जसले गरीव परिवारमा उज्यालो ल्याइदिए

सलाम छ यी सहयोगी हृदय भएकाहरुलाई, जसले गरीव परिवारमा उज्यालो ल्याइदिए

Posted in स्थानिय समाचार
काँकरभिट्टा । लामो समयदेखी धुलावारीको टिमाई पुलमुनि प्लास्टिकको बोराले बेरेर बसेको कुमाल परिवारको आँखा उपचार भएको छ । मेचीनगर–६ काँकरभिट्टामा रहेको दिब्य ज्योती आखाँ अस्पतालले ति परिवारको निशुल्क आखाँ उपचार गरिदिएको हो । विगत एक वर्षदेखि धुलाबारीको टिमाई पुल मुनि बस्दै आएका ७४ वर्षिय पदमबहादुर कुमाल र उनकी धर्मपत्नी शान्ता कुमालको दिव्य ज्योती आखाँ अस्पताल काँकरभिट्टाले बुधबार निशुल्क आँखा जाँच गरिदिएको हो । अस्पतालले आँखा जाँच गरिसकेपछि औषधी र चश्मा पनि निशुल्क दिएको थियो । नेकपा मेचीनगर–१० का अध्यक्ष एवम सम्र्पण नेपालका संयोजक प्रकाश खड्काले अस्पताललाई उपचार गर्न आग्रह गरेपछि कुमाल परिवारको निशुल्क उपचार भएको हो । खड्काले ती परिवारलाई बेला बखत सहयोग गर्दै आएका छन् । पदमबहादुर जन्मका आधारमा ७४ वर्षका र नागरिकताको आधारमा ६४ वर्षका भए । वि.सं. २००१ सालमा झापाको शान्तिनगरमा
प्रहरी हिरासतमा किशोरको रहस्यमय मृत्यु

प्रहरी हिरासतमा किशोरको रहस्यमय मृत्यु

Posted in स्थानिय समाचार
खगेन्द्र घिमिरे झापा, वैशाख ५ । कुनै बेला अपराध अनुसन्धानमा दक्षिण एसियामै नाम कमाएको नेपाल प्रहरी केही समय अघिबाट बिभिन्न बिवाद तथा अपराधमा मुछिदै आएको छ । हुन पनि समाजमा अपराध नियन्त्रण गर्नै जिम्मेवारी लिएर बसेको प्रहरीले नै कहिले सुनको तस्करी, कहिले अवैध असुलि त कहिले बलात्कार र हत्याजस्तो जघन्य अपराधको प्रमाण लुकाउने जस्ता काममा संलग्न हुनुले पनि संगठनको साख दिनानुदिन गिर्दो छ । त्यतिमात्र होइन प्रहरीले सरकारी बर्दी र शक्तिको आडमा गरेका कयौँ अवैध कार्यहरुको उदाहरण चर्चामा छ यतिखेर । यस्तै शक्तिको चरम दुरुपयोग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले एउटा गैह्र कानुनी हर्कत गरेको सार्वजनिक भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका एक किशोरको रहस्यमय तरिकाले मृत्यू भएपछी र त्यसलाई गुपचुप गराउँन खोजेपछी प्रहरीको काम कार्वाही शंकाको घेरामा परेको छ । अझ, कुनै घट्ना घटे
जन्मदिनमा बालबालिकालाई फलफूल

जन्मदिनमा बालबालिकालाई फलफूल

Posted in स्थानिय समाचार
धुलाबारी । चारआली जेसिज वर्ष सन् २०१८ का कोषाध्यक्ष वीरु बेघाले आफ्नो जन्मदिनमा बालबालिकालाई फलफूल प्रदान गरेका छन् । आफ्नो ३१ औं जन्मदिनको अवसरमा मंगलबार उनले स्वबोध साधना केन्द्रका बालबालिकालाई फलफूल प्रदान गरेका कार्यक्रम संयोजक एवँ जेसिजकर्मी सुस्मिता श्रेष्ठले बताइन् । बेघाले केन्द्रको बाल आश्रममा आश्रित बालबालिकालाई करिब २५ सय रुपैयाँ मूल्य बराबरका फलफूलसहित केन्द्रलाई नगद हस्तान्तण गरेका थिए । चारआली जेसिज वर्ष सन् २०१८ का अध्यक्ष उत्तमप्रसाद पकुवालको अध्यक्षतामा मेचीनगर ९ स्थित केन्द्र परिसरमा आयोजित कार्यक्रमको औचित्य बारे बेघाले प्रष्ट्याएका थिए । सो अवसरमा चारआली जेसिजका पूर्व अध्यक्ष तीर्थ घिमिरे, धनबहादुर तामाङलगायतले जेसिज अभियानमा सक्रिय बेघाको जन्मदिन मनाउने शैली प्रेरणादायी रहेको प्रतिक्रिया दिए । चारआलीमा सञ्चालित सनराइज अफसेट प्रेसका सञ्चालक रहेका बेघा सामाजिक कार्यम
नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी

नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी

Posted in स्थानिय समाचार
सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको कुर्सीमा मंगलबार दिनभर एक बालिका कम्प्युटरमा तास खेल्दै बसेकी थिईन । यो दृष्य देखेर कार्यालयका कर्मचारीहरूले देखेर पनि नदेखे झै गरिरहेका थिए । अधिकृत ओझाको कुर्सीमा मंगलबार दिनभर ति बालिका कम्प्युटरमा तास खेल्दै बसिरहेकी थिइन । पछि बुझ्दा उनि प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको छोरी रहेछिन् । काठमाडौबाट स्कुल बिदा मनाउन अधिकृतकी छोरी खुशी ओझा दुहबी आएकी रहेछिन् । अधिकृतले छोरीलाई कार्यालयमा छाडेर बाहिर गएका रहेछन् । सो क्रममा छोरीले ‘टाईम पास’ गर्न उनको कार्यकक्षको कम्प्युटर खोलेर चिप्स खादै तास खेलेकी रहेछिन् । केही सेवाग्राहीले भने उनले तास खेलिरहेको दृष्य कैद गर्दा पनि ति बालिकालाई कुनै वास्ता थिएन । लागथ्यो उनि आफ्नै घरमा कम्प्युटर चलाइरहेकी छिन् । उनलाई कार्यालयमा आउने सेवाग्राहीले सोध्दा ‘बाबाले नै खोल्नु’ भ
सङ्घीय फोरम मेचीनगरमा फेरि खापुङ

सङ्घीय फोरम मेचीनगरमा फेरि खापुङ

Posted in स्थानिय समाचार
मेचीनगर । सङ्घीय समाजवादी फोरम नेपाल मेचीनगर अध्यक्षमा ओमप्रकाश खापुङ चयन भएका छन् । काँकरभिट्टा निवासी युवा नेता खापुङले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । समाजवादी फोरम मेचीनगरको बुधबार इटाभट्टामा सम्पन्न प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा धनकुमार राई तथा मीरा कार्की, सचिवमा पवनलाल मेचे, सहसचिवमा मानध्वज लिम्बु र कोषाध्यक्षमा उमा लिम्बु चयन भएका छन् । सदस्यहरुमा रामकुमार राउत, खिरबहादुर थापा, गुणराज राई, तरुण राई, रत्न लिम्बु, नरेश विक, भूपेनकुमार चेम्जोङ, गजेन्द्र लिम्बु, टिका लिम्बु, कुमार राना मगर, अमर लिम्बु, अइन्द्र सेलिङ, सन्तोष योङ्या, सन्तवीर मगर, जीवन किसान सहितको ३१ सदस्यीय समिति गठन भएको छ । अधिवेशनको उद्घाटन सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय वरिष्ठ नेता अशोक राईले गरेका थिए । उनले मुलुकमा गणतन्त्र आए पनि राजनीतिक परिवर्तन भने खासै हुन नसकेको बताए । अबको वैकल्पिक
दृष्टिले जाँच्यो दुई सयबढी शान्तिपुरेको दृष्टि

दृष्टिले जाँच्यो दुई सयबढी शान्तिपुरेको दृष्टि

Posted in स्थानिय समाचार
बिर्तामोड । इलामको तत्कालिन शान्तिपुर गाविस हाल रोङ गाउँपालिका–२ बरफल्याङका ८० वर्षिय लेखबहादुर प्रधान मंगलबार तीन घण्टा लामो पैदल हिडेर सोही वडाको बदमटार आइपुगे । जंगलको बाटो हिडेर बदमटार आउनुको एउटै कारण थियो । मंगलबार शान्तिपुर–झापा एकता समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा आँखा परिक्षण गराउनु । लठठीको सहारामा आएका प्रधानले आफ्नो गाँउमा नै शिविर आएर आँखा परिक्षण गरिदिएको भन्दै डाक्टरहरुलाई धन्यवाद दिदैं आयोजकलाई संधैं मानवीय सेवामा लाग्न आग्रह गरे । आफ्नो जन्मभूमि छाडेपछि धेरैले बिर्सने गरेको भन्दै झापामा अस्थायी तथा स्थायी रुपमा बसोबास गरेका शान्तिपुरेहरुले संस्था नै गठन गरेर आफ्नो जन्मथालोमा मानवीय सेवामुलक कार्य गरेकोमा उनले सबैले एक पटक आफ्नो जन्मभूमिका लागि केहि गर्नुपर्छ भन्ने सन्देश समेत दिएको बताए । प्रधान मात्र नभएर शान्तिपुरको बदमटार, बरफ्ल्याङ, धनसार, मंगलटार, द