खेलकुद Archives - E mechi
Border Point Restaurant and Cafe

खेलकुद

मेचीनगर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

मेचीनगर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

Posted in खेलकुद, ब्यानर न्यूज
काँकडभिटा । काँकडभिटामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्ने छ । खेलको २८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । सुमन अर्यालको क्रस पासमा श्रेष्ठले बललाई हेड मार्फत पोष्टको दिशा दिदै टीमका लागि गोलको खाता खोलेका थिए । ३९ औ मिनेटमा श्रेष्ठले नै अर्काे गोल थपेका थिए । अर्यालको पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि बिदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे । अनन्त तामाङको पासमा म्याक्सवेलको गोल गरेका थिए । खेलको ५४ औ मिनेटमा म्यासक्वेललले नै अर्काे गोल थपेका थिए । सुनिल बलको पासमा म्याक्सवेलले बललाई बिपक्षी पोष्टको जाली चुमाउँदै बराबर
दिल्ली र चेन्नईको खेलमा कार्टुन बने सन्दीप लामिछाने

दिल्ली र चेन्नईको खेलमा कार्टुन बने सन्दीप लामिछाने

Posted in खेलकुद, ब्यानर न्यूज
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बिचको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा रहेका छन् । सुरुवाती समयमा टोलीमा पारेर अन्त्यमा भने उनको ठाउमा अर्को खेलाडी रोजेर कार्टुन बनाइएको छ । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको हो । चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस जितेर बलिङ रोजेको दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको भनेपनि अन्तिम समयमा सन्दीपको स्थानमा क्रिस मोरिस खेलेका हुन् । सामान्य चोटका कारण कागीसो रबाडाको स्थानमा ट्रेन्ट बोल्ट टोलीमा आएका छन् । इशान्त शर्माको स्थानमा जगदिश सुचित टोलीमा परेका छन् । सन्दीप पनि चोटका कारण अन्तिम समयमा टोलीमा नपरेको आंकलन गरिएको छ । दिल्लीले आफ्नो अधिकारिक ट्वीटर तथा आईपीएलको अधिकारिक ट्वीटरमा पनि सन्दी
आइपीएल: RCB द्वारा चौकाको वर्षात, पावरप्लेमा बन्यो ७० रन

आइपीएल: RCB द्वारा चौकाको वर्षात, पावरप्लेमा बन्यो ७० रन

Posted in खेलकुद
काठमाडौं । आईपीएलको प्लेअफमा पुग्न जित्नैपर्ने दबाबको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले किंग्स एलेभेन पञ्जावविरुद्ध विष्फोटक ब्याटिंग गरेको छ । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बेंगलुरुका लागि पार्थीव पटेलले शुरुकै ओभरमा १२ रन ठोकेका थिए । त्यसपछि पनि बेंगलुरुले पञ्जावका बलरमाथि चौकाको वर्षात गरेका छन् । बेंगलुरुले पावरप्लेमा १ विकेट गुमाएर ७० रन बनाएको छ । उसका लागि पार्थीव पटेल २४ बलमा ४३ रन बनाएर सातौं ओभरको दोस्रो बलमा आउट भए । उनले ७ चौका र २ छक्का प्रहार गरिसकेका छन् । एबिडि भिलियर्सले भने स्लो खेलेका छन् । उनले पावरप्लेमा १ चौकासहित ८ बलमा १० रन बनाएका छन् । यस्तै विराट कोहलीले ८ बलमा १३ रनमात्र बनाउन सके । उनलाई मोहम्मद शामीले आउट गरे । यो समाचार तयार पर्दासम्म बेंगलुरुले ७ औं ओभरमा २ विकेट गुमाएर ७० रन बनाएको छ ।
पन्त र धवन चम्किँदा सन्दिपको टीम दिल्ली पहिलो नम्बरमा

पन्त र धवन चम्किँदा सन्दिपको टीम दिल्ली पहिलो नम्बरमा

Posted in खेलकुद
काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स राजस्थान रोयल्सलाई हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानलाई ६ विकेटले पराजित गर्दै दिल्लीले शीर्षस्थानको चेन्नाईलाई उछिन्दै अंकतालिकामा पहिलो भएको हो । राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य दिल्लीले ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा रिसब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए भने धवनले ५४ रन जोडे । पृथ्वी शाले ४२ रन बनाए । त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिन्के रहानेले एक सय ५ रनको शतकीय पारी खेलेका थिए । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इन
राजस्थानविरुद्ध पहिला बलिंग गर्ने दिल्लीको निर्णय, अघिल्लो खेलमा म्यान अफ द् म्याच भएका सन्दीपले मौका पाएनन्

राजस्थानविरुद्ध पहिला बलिंग गर्ने दिल्लीको निर्णय, अघिल्लो खेलमा म्यान अफ द् म्याच भएका सन्दीपले मौका पाएनन्

Posted in खेलकुद
काठमाडौं । गएको खेलमा महत्वपूर्ण तीन विकेट लिएर स्टाइलिस प्लेयर अफ द म्याचको अवार्ड पाएका सन्दीप लामिछाने सोमबार राजस्थान रोयल्सविरुद्धको खेलमा दिल्ली क्यापिटल्सको टिममा परेनन् । सन्दीपको स्थानमा दिल्लीले क्रिस मोरिसलाई खेलाउने निर्णय गरेको कप्तान श्रेयस अय्यरले जानकारी दिएका छन् । सन्दीपलाई बाहिर राख्ने यो दिल्लीको अप्रत्यासित निर्णय हो । सोमबार दिनभर क्रिकेट पण्डितहरुले दिल्ली तीन स्पीनरसहित मैदानमा उत्रिने अनुमान गरेका थिए । क्रिकइन्फोले पनि जयपुरमा सन्दीप महत्वपूर्ण हुने विश्लेषण गरेको थियो । सन्दीपले शनिबार किंग्स एलेभेनविरुद्धको खेलमा क्रिस गेल, केएल राहुल र साम कुरेनको विकेट लिएर सनसनी मच्चाएका थिए । तर, उनी जयपुरको सवाईमानसिंह मैदानमा अब केहीसमयपछि शुरु हुने खेलका लागि मौका पाउन असफल भए । जयपुरको मैदानमा फास्ट बलरलाई सहयोग पुग्ने आँकलनका साथ सन्दीपको स्थानमा मोरिसलाई समावे
बैंग्लोरको तेस्रो जित, शीर्षिस्थानको चेन्‍नई १ रनले पराजित

बैंग्लोरको तेस्रो जित, शीर्षिस्थानको चेन्‍नई १ रनले पराजित

Posted in खेलकुद
काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ । आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा रोयल बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित निकालेको हो । बैंगलोरले दिएको १ सय ६२ रनको लक्ष्य पछाएको चेन्‍नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह धोनीले ३ छक्का र १ चौका सहित २४ रन मात्र बटुल्न सके । अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेका बेला शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित हो । चेन्‍नईका लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ८४ रन बनाए । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । बैंग्लोरका डेल स्टेन र उमेश यादबले २२ विकेट लिए । यसअघि टस हारेर प
पञ्जाबविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन : क्रिस गेलसहित महत्वपूर्ण तीन विकेट लिए

पञ्जाबविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन : क्रिस गेलसहित महत्वपूर्ण तीन विकेट लिए

Posted in खेलकुद, ब्यानर न्यूज
इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछानेले किंग्स इलाभेन पञ्जाबविरुद्ध तीन विकेट लिएका छन् । पञ्जाबविरुद्धको खेलमा ५ खेलपछि टिममा परेका सन्दीपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । टिमको दोस्रो तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै केएल राहुलबाट छक्का खाएका थिए । तर त्यसपछि डट फालेका सन्दीपले तेस्रो बलमा चौका खाए । चौथो बलमा सन्दीपले टिमका लागि पहिलो सफलता दिलाए । उनले राहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि उनले बाँकी दुई बलमा एक रन मात्र दिए । पहिलो ओभरमा ११ रन दिएका सन्दीपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे । टिमको १३ औं तथा व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले दुई विकेट लिए । पहिलो बलमा नै उनले छक्का खाए । उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले गेललाई पेभेलियनको बाटो देखाए । छक्का प्रहार गर्न खोजेक
यस्तो भएमा आईपिएलको ‘प्लेअफ’मा पुग्नसक्छ विराटको बेङ्लोर

यस्तो भएमा आईपिएलको ‘प्लेअफ’मा पुग्नसक्छ विराटको बेङ्लोर

Posted in खेलकुद
जारी आईपिएलबाट विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स प्लेअफबाट बाहिरिएको बताइए पनि उसको अंकगणितिय सम्भावना कायम रहेको छ। भलै, यो यात्रा उसका लागि कठिन छ। आईपिएलमा पुछारको टोली माथि उक्ल्दै प्लेअफ पुगेको इतिहास छ। मुम्बई यसको उदाहरण हो। त्यस्तै बेङ्लोरको प्रसंगमा नहोला भन्न सकिन्न। हाल लिगमा १४ अंक जोडेर चेन्नई शीर्ष स्थानमा रहेको छ। विराटको टोलीले ८ म्याचमा केबल एक म्याच जितेको छ। अब, यदि चेन्नईले सारा म्याच हारेमा र विराटको टोलीले सबै म्याच जितेमा दुबै टोलीको अंक बराबर हुनेछ। यसका अलावा विराटको टोलीले रनरेटमा पनि राम्रो गर्नुपर्नेछ। लिगमा दिल्ली र मुम्बई १० अंकसहित क्रमश: दोश्रो र तेश्रोमा रहेका छन्। यी टोलीलाई बेङ्लोरबाट अगाडी रहन ६ म्याचमा केवल ३ जितको आवश्यक्ता छ। उनीहरूसँगै चेन्नईले एक मात्र म्याच जितेमा पनि बेङ्लोर पछि पर्नेछ। यस्तो अवस्थामा बेङ्लोरलाई कोलकाता, राज
आईपीएलको इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीप,भोट गर्ने तरिका यस्तो

आईपीएलको इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीप,भोट गर्ने तरिका यस्तो

Posted in खेलकुद
हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् । यस सिजनमा इमरर्जिङ प्लेयर अवार्डमा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए । हाम्रो खेलकुद बाट सन्दीपलाई भोट गर्न यहाँ थिच्नुहोस्
एबीडीको शानदार ब्याटिंग, मुम्बईलाई १७२ रनको लक्ष्य

एबीडीको शानदार ब्याटिंग, मुम्बईलाई १७२ रनको लक्ष्य

Posted in खेलकुद
काठमाडौं। भारतमा जारी १२ संस्करणको आइपीएल अन्तर्गत सोमबार मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर बिच भएको खेलमा बेंगलोरले मुम्बईलाई १७२ रनको लक्ष्य दिएको छ । मुम्बईको वांखडे मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको हो बेंगलोरका लागि डीभिलियर्सले सवाधिक ७५ रन बनाएर रन आउट भए। उनले ५१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै मोईन अलीले ३२ बलमा ५० रनको अर्धसतकिय पारी खेले। मुम्बईका मालिंगाले शानदार बलिङ गर्दै ४ विकेट लिए भने बेहेरेनडोर्फ र पंड्याले १/१ विकेट लिए। ७ खेलमा ४ खेल जितेको मुम्बई अंक तालिकाको चौथो नम्बरमा रहेको छ भने ७ खेलमा १ मात्रै जितेको बेंगलोर अन्तीम स्थानमा रहेको छ। आज बेंगलोर दोस्रो जितको खोजीमा रहेको छ भने मुम्बई पनि आफ्नो पाचौं जितको दाउमा रहेको छ। यी दुई बिच अघिल्लो पटक भएको खेलमा मुम्बई ६ रनले विज