रामघाटमा एक्काको सरसफाइ
Border Point Restaurant and Cafe

रामघाटमा एक्काको सरसफाइ

धुलाबारी । विश्व वातावरण दिवसको अवसर पारेर बुधबार एक्का नेपालले धुलाबारीको रामघाट क्षेत्रको सरसफाइ गरेको छ ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

रामघाट क्षेत्रको फोहोर तथा झाडी सफाई गरिएको हो । सरसफाइमा बाल सञ्जाल मेचीनगर–१० का प्रतिनिधि, प्रहरी, रामघाट दिव्यधाम समितिका पदाधिकारी, विद्यार्थी, युवा चेतनशील बाल क्लवका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

बाल सञ्जालका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रामघाट दिव्यधाम समितिका अध्यक्ष गोपाल गुप्ता, एक्का क्लवका पूर्वाञ्चल फिल्ड कोअर्डिनेटर तरुण राई, एक्का नेपालका काउन्सिलर रोश्ना नेपाल, प्रियङ्का दनुवार लगायतले मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्