मिस्टर एण्ड मिस पुर्व : ९ जना छनौट
Border Point Restaurant and Cafe

मिस्टर एण्ड मिस पुर्व : ९ जना छनौट


झापा ।
अनुसन्धान मिडिया प्रा लि ले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस पुर्वाको पहिलो चरणको अडिसन शनिबार इटहरीको होटल रोजम्यारीमा सम्पन्न भएको छ।
उल्लेखिय मात्रामा सहभागिता जनाएका प्रतियोगीहरु मध्ये ९ जना उत्त अडिसन बाट छनौट भएका छन् ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

झापा, इलाम, मोरङ, सुनसरी लगायत पुर्वका विभिन्न स्थानबाट सहभागिता जनाउन चाहाने युवायुवती हरुको श्रमता भएर पनि सधैं पछि परेको र आफुलाई एक्सपोज गर्न डराइरहेका युवा वर्गलाई लक्षित गर्दै उनिहरुको श्रमता लाई अभिबृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उदेश्यले यस्ता प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी आयोजक तथा मोडल अनुस किरातीले बताए ।

प्रतियोगिताको लागि छनौट हुनेहरु लाई २३ दिन लामो तालिम प्रशिक्षण प्रदान गरिनेछ। जसमा प्रतिश्पर्धाहरुलाई सञ्चार दश्रता, पब्लिक स्पिकिङ , जुम्वा, योगा, फिटनेस, सुइमिङ क्लास, मोटिभेसन क्लास, तथा ब्यतित्ब विकास सम्बन्धी बिबिध बिषयमा प्रशिक्षण गराइने छ भने दोस्रो अडिसन यहिँ जेठ १८ गते रेड मग क्याफे बिर्तामोडमा हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्