झापाका ‘वैज्ञानिक शिक्षक’
Border Point Restaurant and Cafe

झापाका ‘वैज्ञानिक शिक्षक’

झापा । शिक्षा, त्यसमाथि प्राविधिक शिक्षा देश विकाश र समृद्धिको आधारशिला हो । यहि आधारशिलामा टेकेर शिक्षालाई व्यवसायिक बनाँउदै उच्च शिक्षा, विश्वविद्यालय र बैज्ञानिक खोज र अनुसन्धान सम्म पुर्याउनु केही चुनौति भएतापनि आजको दिनमा अनिवार्य आवश्यकता बनेको छ ।
यसलाई कता डोर्याउने र कस्तो आकार दिने भन्ने कुरा शिक्षकको क्षमता, विद्यालयको वातावरण, समाजको आवश्यकता, विश्वब्यापीकरणको प्रभाव आदी कुराले महत्व राख्दछ । समसामयिक विश्व परिवेशसँगै दौडदै, प्राविधिक शिक्षा साथमा राखेर र बिद्यालमा बिषय बिज्ञ र ख्यातिप्राप्त एवंम् दक्ष शिक्षक भएकै कारणले लिखु ६, नुवाकोटको महेन्द्र महेशदेव मा. बि अन्य सरकारी बिद्यालयको तुलनामा गुणस्तरीय र प्रगतिशिल बनेको छ ।.
यसैक्रममा लिखु ६ नुवाकोट स्थित महेन्द्र महेशदेव मा. बि.मा अध्यापन गरिहेका झापा अर्जुनधारा नगरपालिका ९ स्थाई घर भएका का शिक्षक लोचन खनालले आफ्नो पेशालाई सबैमाझ लोभलाग्दा बनाउदैं उनि आफु उदाहरणीय र रचनात्मक बनेका छन् ।
आफ्नो अध्यापन, अध्ययन र क्षमतालाई विश्वभरी प्रद्र्धन गर्न शिक्षक खनालले उक्त बिद्यालयमा भौतिकशास्त्र अध्यापन गर्ने मात्र नभई , अन्तरीक्ष बिज्ञान र भौतिकशास्त्र बिषयमा अनुसन्धान गरी विश्वका बिभिन्न विकशित राष्टमा हुने रिसर्चर सम्मेलनमा निरन्तर सहभागी भइरहेका छन् । यसैक्रममा उनले संयुक्त राज्य अमेरीकास्थित माउण्ट होलियोक कलेजमा सौर्यमण्डलको उत्पति शिर्षकमा यहि जून २२ देखि २८ सम्म हुने अनुसन्धानकर्ता बैज्ञानिक सम्मेलनमो सहभागी भई आफ्नो अनुसन्धान प्रस्तुत गर्न नेपालको एक्लो प्रतिनिधी हुदैछन् , यो नेपालको लागी र यस क्षेत्रको लागी सबैभन्दा राम्रो अवसर र गर्वको बिषय भएको स्थानिय बताउछन् । तारा, सौर्यमण्डल र आकाशगंगा बिषयमा अनुसन्धान गरेर यसअघि सिगो राष्टको तर्फबाट जापानको चिबामा ४ महिना अघि उनले आफ्नो अनुसन्धान प्रस्तुत गरिसकेका थिए ।
को हुन खनाल ?

From KTM Dainik TV ! Subscribe Us for More Videos

शिक्षक खनाल, पाँचथर फिदिम नगरपालिका वडा नं ९ मा जन्मिएर गाँउकै श्री सिद्धदेवी मा. वि, नवमीडाँडा, सरकारी बिद्यालयबाट एस एल सी सकेर, झापा कोहेड क्याम्पसबाट ंप्रमाणपत्र तह उतिर्ण गरेका थिए । बिएस्सी अध्ययन गर्न राजधानीको त्रिचन्द्र कलेज आएका खनालले काठमान्डौको ठमेलस्थित अमृत क्याम्पसबाट सन् २०१८ मा स्नातोकत्तर उपाधी हासिल गरेका थिए । हाल महेन्द्र महेशदेव मा. वि., नुवाकोटमा माध्यमिक तह कम्प्यूटर इन्जिनियरीङ्गलाई भौतिकशास्त्र अध्यापन गरिरहेका २६ बर्षिय शिक्षक खनालले यूवा अवस्थामानै भौतिकशास्त्रको विश्लेषण गर्न सक्ने भएको उनको सुपरभाइजर तथा त्रिभूवन विश्वबिद्यालका उप प्राध्यापक देवेन्द्र राज उपाध्याय बताउनुहुन्छ ।

गाँउघरको सामान्य पेशाबाट आफुलाई भौतिकशास्त्रीका रुपमा परिचित गराँउदै अन्तरिक्ष विज्ञान र भौतिकशास्त्रको अध्ययन अनुसन्धान गरेर बिद्यार्थीहलाई उत्प्रेरण जगाउन र बिश्वसमुदायमा पहँुच राख्न सक्नु उनको क्षमता र सबैको प्रेरणाको केन्द्र भएको उनका सहकर्मी अपि हिमाल गाँउपालिका, दार्चुला स्थाई घर भई, उक्त बिधालयमा अध्यापन गरिरहनुभएका शिक्षक झलकसिंह धामी बताउनुहुन्छ ।
आफू बिश्वका धरै अन्तरीक्षबिज्ञान सम्बन्धी सम्मेलनमा सहभागी हँुदाँ अफूलाई पढाउन उत्प्रेरणा हुनुका साथै विधार्थीहरुलाई समेत बिज्ञानको क्षेत्रमा प्रेरणा मिल्ने र भबिष्यमा बिधार्थीहरुलाई बैज्ञानिक अनुसन्धान गर्न हौसला मिल्दै बिधार्थीहरुलाई समेत सहभागी गराउन सकिने उनि आफू बताउछन् ।

प्रतिकृया दिनुहोस्