जात्रै जात्राको युनिट पूर्वमा
Border Point Restaurant and Cafe

जात्रै जात्राको युनिट पूर्वमा

झापा । जेठ ३ गते देखि देस व्यापी रुपमा प्रदर्शनमा आएको नेपालि कथानक चलचित्र जात्रै जात्राको युनिट चलचित्र पर्वद्धन गर्ने उद्देश्यका साथ पूर्व आएको छ । पूर्व आए संगै झापाको विर्तामोडमा रहेको क्यूएफएक्स चलचित्रका कलाकारहरुले दर्शक संगै बसेर केहिवेर चलचित्र हेरेका थिए । चलचित्रका कलाकर्मीहरुले दर्शकको प्रतिकृया समेत लिएका थिए ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

जेठ ३ गते देखि प्रदर्शन आएको चलचित्र जात्रै जात्राले तिन करोड बढि रकम उठाउन सफल भएको निर्देशक प्रदिप भट्टराईले बताए । हास्य कथामा आधारित चलचित्रमा विपिन कार्की, रविन्द्र झा, विन्द्र सिंह बाँनिया, दयाहाङ राई, वर्षा राउत, प्रकास घिमिरे, राजाराम पौडेल लगायतले मुख्य भुमिकामा रहेका छन् । उक्त चलचित्र पूर्वको विर्तामोडमा रहेको क्यूएफएक्स र कृष्ण चित्र मन्दिरमा राम्रो व्यापार गरिरहेको हल संचालक मिजास पोख्रेलले बताए ।

प्रतिकृया दिनुहोस्