आफ्नो जन्मदिनमा बाल आश्रम पुगेर हात जोडेर के मागे संचारकर्मी घिमिरेले(भिडियो हेर्नुहोस)
Border Point Restaurant and Cafe

आफ्नो जन्मदिनमा बाल आश्रम पुगेर हात जोडेर के मागे संचारकर्मी घिमिरेले(भिडियो हेर्नुहोस)

झापा । झापामा युवा संचारकर्मी खगेन्द्र घिमिरेले आफ्नो जन्मदिन भिन्न रुपमा मनाएका छन् । २८ बर्ष पुरा गरेको अवसरमा उनी झापाको एक बाल आश्रममा पुगे ।
अनुसन्धान मिडियाका संचालक तथा पछिल्लो समयमा युटुव च्यानल अनुसन्धान बाट पूर्वमा नाम कमाउन सफल संचारकर्मी घिमिरे अर्जुनधारा नगरपालिका ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा पुगेका हनु ।
उनले त्यहाँ गएर १२ जना शारिरिक अशक्त रहेका बालबालिकालाई फलफुल बितरण गरेका हनु । अनाथ,असहाय तथा बिपन्न परिवारका ति बालबालिका हरु सो केन्द्रमा बसेर पढ्दै आएका छन् । उनीहरुको शिक्षा दिक्षा सम्पूर्ण चन्दा सहयोगकै भरमा चल्दै आएको छ ।
जन्मदिन मनाउन गएका घिमिरेले आफु खुसीमा रमाउने भन्दा पनि दुख र असहायको सेवामा बढि समय दिन रुचाउने भएकै कारण यो आश्रममा आएको बताए । उनले दुखमा परेकालाई एक छाक खान दियो भने आफ्नो मन खुसी रहने प्रतिकृया दिए ।
केन्द्र पुगेर फलफल बितरण मात्र गरेनन् संचारकर्मी घिमिरेले उनले ति बालबालिकको भबिष्यको लागि सहयोगको हात पनि जोडे । चन्दाको भरमा चलेको सो संस्थाको बिषयमा र ति कलिला बालबालिको बिषयमा दुई हात जोडेर सहयोग गरिदिन आग्रह समेत गरेका छन् । बोल्न नसक्ने हिड डुल गर्न नसक्ने धेरै ति बालबालिको अवस्थाको बिषयमा दिर्घकालिन रुपमा सोच्न नगरपालिकालाई स्थानिय युवा कमल पोख्रेलले आग्रह गरे ।
यो केन्द्रमा हाल मार्षिक रुमा १ लाख बढि खर्च हुँदै आएको छ भने सो रकम अध्यक्ष कृष्ण देव दुलालले चन्दा तथा सहयोग उठाउँदै चलाउँदै आउनु भएको छ ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

प्रतिकृया दिनुहोस्