दारी भाईको चिया पसल : चिया बेचेर मालामाल दारी भाईको दारी पाल्नुको रहस्य सुन्दा सब चकित [हेर्नुहोस् भिडियो ]
Border Point Restaurant and Cafe

दारी भाईको चिया पसल : चिया बेचेर मालामाल दारी भाईको दारी पाल्नुको रहस्य सुन्दा सब चकित [हेर्नुहोस् भिडियो ]

ग्रेजुएट दारी भाई हुन् राजेश रेग्मी (वर्ष २४) इन्जिनियरीङ फिल्डमा धेरै अनुभव भए पनि उनी आफ्नै चिया पसलमा रमाउन खोज्छन् । अहिले दारी भाई इन्जिनियरिङ छाडेर चिया पसलचिर लागेका छन । आफ्नै पसलमा १८ घन्टा मेहनत गर्न रुचाउँछन् । बिहान ५ बजे नै आइपुग्छन् उनी। अनि शुरु हुन्छ चियासँगको संगत । १) मसला हालेको मिल्क टि, २)सामान्य मिल्क टि, ३)सामान्य ब्ल्याक टि, ४)मसला हालेको ब्ल्याक टि, ५) बाजुरी टि जस्ता चिया उहाँको पसलमा पिन्न पाइन्छ । चियाको दाम अरु ठाउँभन्दा सस्तो पनि छ। सामान्य दुध हाललेको चिया २० रुपैया बेच्दै गरेको बताउँछन् ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

इन्जिनियरीङ गर्दा २०,२२ लाख जति सिधाए पनि दुख नमानेको बताउछन । इन्जिनियरीङ पढ्दा कोठा भाडा दिनु पर्ने भएकोले अरु साथीले मासु खाने म अन्डा खाएरर काम चालाउने गरेको समेत उनी बताउँछन् । दिनको १५० कप चिया सेल गर्नेगरेको उनी बताउँछन् । दिनको आम्दानी हजार रुपैयाँ भन्दा कम भएको छैन उनी बताउँछन् । अहिले उनलाई हेर्न जाने पत्रकार , समाज सेवी , युवा युवतीको भिड लाग्ने गरेको छ । हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्