बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु
Border Point Restaurant and Cafe

बाहुण्डाँगी जेसीजको ८ दिवसीय तालिम शुरु

बाहुण्डाँगी। बाहुण्डाँगी जेसीज वर्ष २०१९ को ८ दिवसीय तालिम बुधवारबाट शुरु भएको छ ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिम अन्तर्गत पहिलो दिन मेचीनगर नगरपालिकाका जनप्रनिधिहरुका लागि संसदीय बैठक सञ्चालन सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर राजविमल श्रेष्ठले गर्नु भएको थियो । तालिमका मुख्य प्रशिक्षक समेत रहनु भएका सिनेटर पौडेलले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तिव विकासँगै समाज परिवर्तनमा महत्वपूर्ण काम गर्दै आएको बताउनु भयो । उहाँले जेसीज तालिमको विश्वविद्यालय भएको बताउनु हुँदै बाहुनण्डाँगी जेसीजले आयोजना गरेको ८ दिवसीय तालिमले थप मेचीनगरबासीलाई थप उर्जा थप्ने बताउनु भयो ।

तालिममा मेचीनगरका ५३ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखका संस्थापक अध्यक्ष नविन बराल, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, सहभागिका तर्फबाट मेचीनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ, वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी परियार, शाखाका पूर्व अध्यक्ष पुष्कर ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शाखाका उपाध्यक्ष हेमन्त मोक्तानले जेसीज आस्थापाठ गर्नु भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक सागर कार्कीर सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

तालिम अन्तरगत २१ गते शाखाका पदाधिकारीलाई उत्प्रेरित तालिम, २५ गते लागु औषध न्यूनिकरण सम्बन्धि विद्यार्थीहरुलाई तालिम, जेठ ४ गते सामाजिक संघ संस्थाका प्रमुखहरु, जेठ ७ र ८ गते मेचीनगरका बाल क्लबका विद्यार्थीहरुलाई तालिम, ११ गते बहुशाखा तालिम, १५ गते उद्यमशीलता सम्बन्धि व्यवसायीहरुलाई तालिम र १७ गतेलमेचीनगरस्तरीय वक्तृत्वकलासहित तालिमको समापन हुनेछ ।

प्रतिकृया दिनुहोस्