दिल्ली र चेन्नईको खेलमा कार्टुन बने सन्दीप लामिछाने
Border Point Restaurant and Cafe

दिल्ली र चेन्नईको खेलमा कार्टुन बने सन्दीप लामिछाने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बिचको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा रहेका छन् । सुरुवाती समयमा टोलीमा पारेर अन्त्यमा भने उनको ठाउमा अर्को खेलाडी रोजेर कार्टुन बनाइएको छ । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको हो ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस जितेर बलिङ रोजेको दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको भनेपनि अन्तिम समयमा सन्दीपको स्थानमा क्रिस मोरिस खेलेका हुन् । सामान्य चोटका कारण कागीसो रबाडाको स्थानमा ट्रेन्ट बोल्ट टोलीमा आएका छन् । इशान्त शर्माको स्थानमा जगदिश सुचित टोलीमा परेका छन् । सन्दीप पनि चोटका कारण अन्तिम समयमा टोलीमा नपरेको आंकलन गरिएको छ ।

फाइल तस्विर : सन्दिप लामिछाने ।

दिल्लीले आफ्नो अधिकारिक ट्वीटर तथा आईपीएलको अधिकारिक ट्वीटरमा पनि सन्दीप नै सुरुवाती रोजाईमा रहेको उल्लेख गरिएको थियो ।

चेन्नईले आफ्नो तीन मुख्य खेलाडीलाई यस खेलमा फिर्ता बोलाएको छ । पछिल्लो खेलमा विश्राम लिएका कप्तान महेन्द्रसिंह धोनीसहित रविन्द्र जडेजा र फफ डु प्लेसिस टोलीमा फर्किएका छन् ।

जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका छन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, क्रिस मोरिस (सन्दीप लामिछाने),अमित मिश्रा र जगदीश सुचित ।

प्रतिकृया दिनुहोस्