आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा तनाव !
Border Point Restaurant and Cafe

आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा तनाव !

काठमाडौं– बुद्ध एयरले आकस्मिक रुपमा २ उडान रद्द गरेपछि विराटनगर विमानस्थलमा केही छिन तनाव सिर्जना भएको छ।बिहिबार साँझ ६ बजेपछि मात्र आकस्मिक रुपमा बुद्धले २ उडान रद्द गरेपछि तनाव सिर्जना भएको हो।

From KTM Dainik TV ! Subscribe Us for More Videos

बिहिबार विराटनगरबाट काठमाडौं जानका लागि टिकट काटेका यात्रु विराटनगर विमानस्थल पुगेका थिए।तर बुद्धले आफूहरुलाई कुनै जानकारी नै नदिई उडान रद्द गरी आफूहरूलाई बिचल्लीमा पारेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

यसबीचमा एयरलाइन्सका कर्मचारी र यात्रुबीच भनाभन समेत भएको थियो। आक्रोशित यात्रुले आफूहरुलाई कि त घरमा पुर्याउनुपर्ने नत्र होटलमा बासको व्यवस्था गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। यसपछि बुद्धले घर जान चाहने यात्रुलाई गाडीको व्यवस्था र जान नचाहने यात्रुका लागि होटलको व्यवस्था गरेपछि तनाव साम्य भएको थियो।

प्रतिकृया दिनुहोस्