हाम्रै नेपालमा : पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गयो
Border Point Restaurant and Cafe

हाम्रै नेपालमा : पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गयो

काठमाडौँ – रुपन्देहीमा पोखरीमा डुबेर एकै परिवारका ४ बालिकाको ज्यान गएको छ । ज्यान जानेमा नुहाउन गएका ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।उनीहरुको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

तराइमा माछा पालनको लागि खनिएको पोखरी ।

प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीका अनुसार बिहान करिब ११ बजे नुहाउन पोखरीमा पुगेका उनीहरुको डुबेर ज्यान गएको हो ।नुहाउने क्रममा डुबेर ज्यान गएको ४ जना बालिकाहरु आफ्नै दाजुभाईका छोरि रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्