पृथ्वीनारायण शाहको सालिक तुरून्त हटाऔं भन्दै चन्द्रागिरी पुगे आङ्ग काजी शेर्पा
Border Point Restaurant and Cafe

पृथ्वीनारायण शाहको सालिक तुरून्त हटाऔं भन्दै चन्द्रागिरी पुगे आङ्ग काजी शेर्पा

काठमाडौं । पृथवी नारायण शाहको तस्विरमा थुकेर चर्चा कमाएका आङ्ग काजी शेर्पा चन्द्रागिरीमा रहेको पृथवी नारायण शाहको सालिक हटाउन माग गरेका छन्।

From KTM Dainik TV ! Subscribe Us for More Videos

आङ्ग काजी शेर्पाले काठमाडौँको प्रमुख्य पर्यटकीय क्षेत्र नेपाली तथा केही विदेशी पर्यटटकको समेत आकर्षक घुमफिर गन्तव्यका रुपमा विकसित चन्द्रागिरीलाई विवादमा तान्ने फेरि प्रयास गरेका छन् ।

चन्द्रागिरीमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनुपर्ने भन्दै आङ्ग काजी शेर्पा सहित केही जनजाती नेताहरुले प्रदर्शन गरेका छन् । आदीवासी जनजातीभित्र पनि अराजक नेताको उपमा पाएका आङकाजी शेर्पालगायतले बुधबार चन्द्रागिरी पुगेर यस्तो प्रदर्शन गरेका हुन् ।

शेर्पासहितको जनजाती टोलीले चन्द्रागिरीमा किर्ती लक्ष्मीको तस्बिर देखाउँदै प्रदर्शन गरेका हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई जनहत्याराको आरोप लगाउँदै शेर्पाले कीर्तिलक्ष्मीका बारे प्रशंशा गरेका छन् ।

किर्ती लक्ष्मीकाे पोस्टर। तस्विर : आङ्ग काजी शेर्पाको फेसबुकबाट

उनका अनुसरा पृथ्वीनारायण शाहसंग पुरूषको भेष लगाएर साहसिक महिला योद्धा किर्ती लक्ष्मीले युद्धा लडेकी थिइन् । युद्धमा लडदा किर्तीलक्ष्मीले आफ्नो नाम पुरूषको नाम भैरव सिंह राखेकी थिइन् ।

यस्तै, पृथ्वीनारायणका हजारौ सेनाले चारैतिरा घेरा हाल्दा किर्ती लक्ष्मी एक्लै धनुष र खुँडा लिएर साहसिक युद्ध लडेको शेर्पाले दावी गरेका छन् ।

उनै कीर्तिलक्ष्मीको नामबाट हालको कीर्तिपुर नाम राखिएको हो । पृथ्वी नारायणका सेनाले गिराफ्तार गरेर बन्दी बनाएको अवस्थामा उनी आफैंले आफ्नो जीवन समाप्त गरेको किंवदन्ती छ भने उनलाई अजिमा को रूपमा अहिले पनि पूजा गर्ने गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि चन्द्रागिरीमा रहेको भालेश्वर महादेवको दर्शन गरेको किँवदन्ती छ । तर, शाहले विजयपश्चात कीर्तिपुरका नेवारहरुको नाक काटेको भन्दै शेर्पाकै नेतृत्वमा विरोधका कार्यक्रम हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्