करण जोहरको फिल्मबाट डेब्यू गर्दैछिन् श्रीदेवीकी कान्छी छोरी खुसी
Border Point Restaurant and Cafe

करण जोहरको फिल्मबाट डेब्यू गर्दैछिन् श्रीदेवीकी कान्छी छोरी खुसी

जान्ह्वी कपुरपछि अब उनकी बहिनी खुसी कपुर पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन् । खुसी आफैंले यो कुराको जानकारी दिएकी हुन् । जान्ह्वी र खुसी नेहा धुपियाको सेलिब्रिटी टक शो ‘बिएफएफ्स विद भोग’ मा पुगे । त्यहाँ उनीहरुले आफ्ना नीजि जीवनबारे कुराकानी गरे । साथै खुसीले आफ्नो बलिउड डेब्यूको योजना पनि सार्वजनिक गरिन् । खुसीले भनिन्, ‘ म चाँडै नै बलिउडमा डेब्यू गर्नेछु । पहिलो फिल्म म करण जोहरसँग गर्न चाहन्छु । तर मलाई थाहा छ कि मेरो फिल्मको हिरो मेरो बुवाले नै छान्नुहुनेछ । किनभने उहाँ मप्रति निकै प्रोटेक्टिभ हुनुहुन्छ ।’

From KTM Dainik TV ! Subscribe Us for More Videos

श्रीदेवीकी छोरीहरु जान्ह्वी कपुर बायाँ र खुशी कपुर दायाँ ।

नेहाको शोमा खुसीले बुवासँगको सम्बन्धबारे पनि कुराकानी गरेकी छिन् । खुसी भन्छिन्, ‘म घरकी कान्छी छोरी हुँ त्यसकारण बुवाले मेरो निकै ख्याल राख्नुहुन्छ । मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती हुन्छ । म कहाँ छु, कोसँग छु, कहिलेसम्म बाहिर बस्नेछुलगायतका सम्पूर्ण जानकारी बुवालाई दिनुपर्छ । एकपटक मैले बुवालाई साथीसँग भएको बताएकी थिएँ । बुवाले साथीलाई मेसेज गरेर हामी दुईजनाको फोटो माग्नुभयो ।’

खुसी भन्छिन्, ‘म कोसँग हुन्छु भन्ने कुराको बुवालाई विशेष चिन्ता हुन्छ । यदि म राम्रो मान्छेसँग छु भने बुवालाई कुनै समस्या हुँदैन । त्यसै कारण उहाँले नै फिल्मका लागि हिरो खोज्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्