कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन
Border Point Restaurant and Cafe

कपडा किन्न बजार गएकी १६ वर्षीया बालिका एक हप्तादेखि सम्पर्कविहीन

सप्तरी – सप्तरीको रुपनी गाउँपालिकाकी १६ वर्षीया बालिका गएको एक हप्तादेखि सम्पर्कविहीन छिन् ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

स्थानीय विष्णुदेव सरदारकी छोरी आरती कुमारी सरदार गएको चैत्र ३० गते देखि सम्पर्कमा आएकी छैनन् । उनका आफन्तजनले प्रहरी र नातेदारको सहयाेगमा उनकाे खाेजी गरिरहेका छन् ।

खोज्ने ठाँउ सबै चाहार्दा पनि कतै नभेटेपछि आरतीका बुबा विष्णुदेवले भन्नुभयोे, ‘घरबाट निस्केको यतिका दिन भयो, कसैको सम्पर्कमा पनि छैन । अब कहाँ जाउँ ?’

सप्तरी जिल्लाको नक्शा ।

कठौना बजार कपडा किन्न जान्छु भनेर चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्किएपछि घरमा चुलो बल्न छोडेको आरतीका दाजु कृष्ण कुमार सरदारले बताउनुभयो । उहाँले बहिनीको खोजीमा सहयोग गरिदिन सञ्चारकर्मी, मानव अधिकारकर्मी, प्रहरी प्रशासनलगायतलाई आग्रह गर्नुभएकाे छ ।

प्रतिकृया दिनुहोस्